site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
संसदीय छानबिन समिति : अर्थका सचिवसँग छलफल गरेर निचोड निकालिने
जनार्दन शर्मा । फाइल तस्बिर ।
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । संसदीय विशेष छानबिन समितिको बैठक आज पनि बस्दै छ । बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो ।

बैठकमा आज अर्थ मन्त्रालयका सचिवसँग छलफल गरेर निचोड निकाल्ने कार्यतालिका छ ।

तत्कालीन अर्थमन्त्री शर्माले २०७९/०८० को बजेट बनाउने क्रममा अनधिकृत व्यक्तिलाई मध्यरातमा मन्त्रालय बोलाएर करका दर हेरफेर गरेको आरोप लागेसँगै ११ सदस्यीय छानबिन समिति बनेको हो । शर्माले उक्त समिति बनेसँगै पदबाट राजीनामा दिएका थिए ।

प्रकाशित मिति: सोमबार, साउन २, २०७९  ०९:२१
प्रतिक्रिया दिनुहोस्