फोटो फिचर
काठमाडौं । आज साउनको पहिलो दिन । नेपालमा साउन महिनाको धार्मिक तथा सांस्कृतिक महत्व रहेको छ । साउनमा महिलाहरू हरियो पहिरनमा सजिन्छन् । हरियो वस्त्रदेखि हरियो चुरा, पोते लगाउने चलन छ ।
साथै उनीहरूले हातभरि मेहेन्दी लगाउने गर्छन् ।
साउन लागेसँगै बजारमा महिलाहरूको भिड देखिन थालेको छ । आइतबार काठमाडौंको इन्द्रचोक क्षेत्रका पसलहरूमा महिलाहरूको भिड थियो ।
तस्बिरहरू : अभिषेक महर्जन/बाह्रखरी
प्रकाशित मिति: आइतबार, साउन १, २०७९ १७:५३
प्रतिक्रिया दिनुहोस्