काठमाडौं । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले फोहोरबाट मल बनाउने विषयमा चासो देखाएको छ ।
शुक्रबार बसेको समितिको बैठकमा भक्तपुर नगरपालिकाले फोहोरलाई व्यवस्थापन गरी प्रांगारिक मल बनाएको विषयमा सांसदहरूलाई जानकारी गराइएको हो । बैठकमा सांसदहरूले फोहोरबाट प्रांगारिक मल बनाउने प्रविधि र प्रक्रियाको विषयमा जानकारी लिए ।
भक्तपुरमा फोहोरबाट मल कसरी, कुन प्रविधिबाट बनाएर बिक्री गरिरहेको विषयमा रिकिसी कम्पोस्ट प्रालिकी प्रबन्ध निर्देशक उषा गिरीले जानकारी गराएकी थिइन् । उनले रिकिसीको प्राविधिक सहयोगमा भक्तपुर नगरपालिकाले चार वर्षदेखि कुहिने फोहोरमार्फत गन्धरहित मल बनाइरहेको बताइन् ।
उनले कुहिने फोहोर संकलन गरेर प्लान्टमा आवश्यकताअनुसार तोकोजाई (धानको भुस, धानको ढुटो, पत्कर, रातो माटो र ब्याक्टेरिया) मिसाएपछि मल बनाइने जानकारी गराइन् । यो जापानी प्रविधि भएको उनले बताइन् ।
यसरी बनाइएको प्रांगारिक मल गन्धरहित र बिरुवाका लागि उपयोगी हुने रामेछापको गोकुलगंगामा आलुखेतीमा प्रयोग गरेर समेत देखिएको उनको भनाइ छ ।
उनले फोहोरबाट मल उत्पादन गर्न सके अर्गानिक वस्तु उत्पादन गर्न सकिने पनि बनाइन् ।