site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
देउवा सरकारको एक वर्षबारे एमाले : समयको बर्बादी मात्र 
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । नेकपा (एमाले) ले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारको एक वर्ष समयको बर्बादी मात्रै भएको बताएको छ । एमालेको स्वाथ्य तथा जनसंख्या विभागले आज पत्रकार सम्मेलन गर्दै यस्तो आरोप लगाएको हो । 

“संविधानको गलत व्याख्या गरी नेकपा (एमाले) नेतृत्वको सरकारलाई विस्थापित गरेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा पाँचदलीय गठबन्धनको सरकार बनेको २०७९ असार २९ गते एक वर्ष पूरा भएको छ,” विभाग प्रमुख योगेश भट्टराईले भने, “सरकार गठनसँगै गठबन्धनले जारी गरेको न्यूनतम साझा कार्यक्रम, संघीय संसद्मा प्रधानमन्त्रीले गर्नुभएको सम्बोधन, सरकारद्वारा प्रस्तुत नीति कार्यक्रम र विनियोजन बजेट र कार्यान्वयनलाई हेर्दा यो सरकारले गएको एक वर्ष समयको बर्बादी मात्र गरेको छ ।” 

KFC Island Ad
Dabur Nepal
NIC Asia

एमालेले संविधानको रक्षा र कार्यान्वयन, लोकतन्त्रको सुदृढीकरण, संघीय प्रणालीको सुदुढीकरण, जनजीविका र राष्ट्रियताको सवाल, अन्तर्राष्ट्रिय सम्बन्ध, सुशासन र भ्रष्टाचार नियन्त्रणका प्रश्नमा सरकार पूरै असफल भएको आरोप लगाएको छ । 

संविधानमा उल्लेख गरिएको स्वास्थ्य र शिक्षाजस्तो मौलिक हकको कार्यान्वयन गरी समाजवादको आधार तय गर्ने सवालमा त सरकारले छेउ–टुप्पो नै फेला पार्न सकेको पनि उनले बताए ।

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार ३१, २०७९  १४:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro