काठमाडौं । के तपाईंले आफन्तजनलाई अहिले एनसेलबाट कल गर्दै हुनुहुन्छ ? तपाईंले आफ्नो मोबाइलमा एनसेलको ‘डबल मजा प्याक’को बारेमा सुन्न सक्नुहुनेछ ।
एनसेल आजियाटा लिमिटेडले पछिल्लोपटक ल्याएको एक नौलो र आकर्षक डेटा अफर हो ‘डबल मजा प्याक’ ।
यस अफरले ग्राहकलाई रु १२५ पर्ने डेटा प्याक पुनः खरिद गर्दा आफ्नो डेटा भोल्युम दोब्बर बनाउन सहयोग पु¥याएको छ भने अझ सुलभ दरमा डेटा सेवा प्रदान गरिएको एनसेलले जनाएको छ ।
यदि तपाईंले ७ दिनको समयसीमा रहेको ५ जीबी डेटा करसहित रु १२५ मा खरिद गर्नुहुन्छ र त्यो प्याकको समयसीमा नसकिँदै फेरि खरिद गर्नुहुन्छ भने उही शुल्कमा अब ५ जीबी होइन १० जीबी डेटा तपाईंंको हात पर्नेछ । यो अफर असार २४ गते शुक्रबारबाट सञ्चालनमा ल्याइएको छ ।
समयावधि सकिनु अघिनै नयाँ प्याक लिएमा डेटा भोल्युम र समयावधि दुवै सोहीअनुसार थपिँदै जाने यस अफरको विषेशता नै हो ।
उदाहरणका लागि यदि कुनै ग्राहकले प्याक खरिद गरेको तीन दिनपछि सोही प्याक पुन खरिद गरेमा नयाँ १० जीबी उसको बाँकी डेटा भोल्युममा जोडिन्छ र समयसीमा पनि बाँकी रहेको ४ दिनसहित ११ दिन हुन्छ । प्याक आवश्यकताअनुसार जति पटक पनि पुनः खरिद गर्न सकिने छ भने कुल अधिकतम समयसीमा २८ दिन रहने छ ।
“हामी आफ्ना ग्राहकलाई हाम्रो निरन्तरको प्रयास र नवीन सेवा मार्फत उत्कृष्ट सेवा अनुभव र यसको उचित मुल्य प्रदान गर्न प्रतिवद्ध छौं । आफ्नो डेटाको सीमा सकिने कुनै चिन्ता नगरी सुलभ डेटा सेवाबाट फाइदा लिन पाइने भएकाले नयाँ डबल मजा प्याकले ग्राहकलाई ठूलो महत्व राख्दछ,” एनसेलका चिफ कमर्सियल अफिसर प्रदीप श्रीवास्तवको भनाइ छ ।
एनसेलका ग्राहकले एस्ट्रिक१७१२३एस्ट्रिक्स२२ह्यास डायल गरि यो प्याक सजिलै लिन सक्नेछन् ।
ग्राहकले एनसेल एप, एनसेलको वेबसाइट र इसेवा, खल्ती, आइएमइपे जस्ता वालेटबाट पनि यो प्याक खरिद गर्न सक्छन् ।
यो अफर अन्तर्गत ल्याइएको प्याकले सुलभ दरमा डेटा सेवाको पहुँच प्रदान गर्दै ग्राहकलाई सुलभ मूल्य प्रदान गर्ने विश्वास कम्पनीले लिएको जनाएको छ ।
प्रत्येक पटक दोहोरिएको खरिदमा अब ग्राहकहरूले एउटै मूल्यमा सञ्चित वैधतासहित १० जीबी डबल डेटा प्राप्त गर्नेछन् ।
यो डेटा खरिद गर्ने ग्राहकको संख्यामा उल्लेख्य वृद्धि भएको एनसेलको भनाइ छ ।
यो अफर के हो त ?
यस अफरमा यदि तपाईंले रु. १२५ मा ५ जीबी डेटा खरिद गर्नुभयो भने ७ दिनका लागि वैध हुनेछ र त्यसपछि वैध समयावधिभित्र फेरि उही प्याक खरिद गर्दा थुप्रै पटक ५ जीबीको सट्टा १० जीबी डेटा पाउनु हुनेछ । यसैले ग्राहकलाई डबल फाइदा हुनेछ ।