अर्थ व्यवसाय
काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा शुक्रबार सामान्य अंकले सुधार भएको छ । सोमबार घटेको नेप्से मंगलबार, बुधबार र बिहीबार सुधार भएको थियो ।
आज साताको अन्तिम कारोबार दिन ७. ९३ अंक( ०.४०) प्रतिशतले बढेर २ हजार ९.४६को बिन्दुमा पुगेको छ । आज २३१ कम्पन्नीका ४० लाख ५१ हजार ७७१ किक्ता सेयर किनबेच भएको छ । सेन्सेटिभ इन्डेक्स २.७७ अंकले सुधार आएको छ ।
आज एक अर्ब ४५ करोड ६२ लाख ५९ हजार ८३३को कारोबार भएको छ । नेप्सेका १३ वटा उपसमूहमध्ये ५ वटा उप–समूहको परिसूचक बटेको छ भने ८ उपसमूहको भने घढेको छ ।
आज बैंकिङ, माइक्रोफाइनान्स, विकास बैंक, लाइफ इन्सोरेन्स, मेडुल फन्डको परिसूचक बढेको छ ।
प्रकाशित मिति: शुक्रबार, असार ३१, २०७९ १४:१२
प्रतिक्रिया दिनुहोस्