देश
काठमाडौं । सर्लाहीमा स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय पक्राउ परेका छन् । मलंगवा नगरपालिका–८ गोरखकालीबाट स्रोत नखुलेको नगद ५ लाख ११ हजार ५ सय रुपैयाँसहित भारत सीतामढी थाना कन्हौली ग्राम पंचायत रामनगरा–११ बस्ने ३० वर्षीय विजय ठाकुर पक्राउ परेका हुन् ।
बीआर–३० एक्स ५५४४ नम्बरको मोटरसाइकलमा भारतको सोनवर्षाबाट नेपालको मलंगवा बजारतर्फ आउँदै गरेका उनलाई प्रहरीले जाँच गर्ने क्रममा हेलमेटभित्र लुकाइराखेको अवस्थामा उक्त नगद फेला पारी पक्राउ गरेको हो ।
प्रकाशित मिति: शुक्रबार, असार ३१, २०७९ १३:०७
प्रतिक्रिया दिनुहोस्