अर्थ व्यवसाय
काठमाडौं । केएल दुगड समूहले ज्ञान ब्रान्डको नयाँ उत्पादन ‘ज्ञान मखाना’ नेपाली बजारमा ल्याएको छ । केएल दुगड समूहले ज्ञानको ज्ञान चक्की आटा, ज्ञान मैदा जस्ता उत्पादनहरू लामो समयदेखि नेपाली बजारमा उपलब्ध गराउँदै आइरहेको छ ।
लिली फूलको बीउबाट बनाइने मखाना प्रोटिन र अन्य धेरै पोषक तत्वहरूले भरिपूर्ण रहेको दुगड कम्पनीले जनाएको छ । मखाना हल्का रोस्ट गरेर अथवा सीधै खान सकिन्छ । यसलाई खीरसहित विभिन्न स्वादिष्ट र मिठाइ परिकार बनाउन पनि प्रयोग गर्नसक्ने कम्पनीले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, असार ३१, २०७९ १२:३८
प्रतिक्रिया दिनुहोस्