site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राजनीतिक संरक्षणमा सञ्चालित अवैध क्रसर बन्द गराउने मन्त्री यादवको चेतावनी

वीरगञ्ज । वन तथा वातावरण मन्त्री प्रदीप यादवले वन जंगलको संरक्षण र वातावरणको रक्षका लागि कुनै कसर बाँकी नराख्ने बताएका छन् । वीरगञ्ज उद्योग वाणिज्य संघले मन्त्री यादवको सम्मानमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले वातावरणलाई प्रदूषण हुनबाट जोगाउनुका साथै जंगल विनाशलाई रोक्ने बताएका हुन् । 

वन तथा वातावरण मन्त्रालय चुनौतीपूर्ण मन्त्रालय भएपनि चुनौतीको सामना गर्न तयार रहेको मन्त्री यादवको भनाइ छ । विकासको नाममा विनाश हुने गरेकोमा आपत्ति जनाउँदै उनले अध्ययन एवम् अनुसन्धानसहित दिगो विकासका काम गर्न पछि नहट्ने प्रतिवद्धता जनाए ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

उनले भने, “वन मन्त्रालय अरू मन्त्रालयजस्तो सजिलो छैन, तथापि ती सबै चुनौतीहरूलाई सामना गर्न म आँट गर्छु, तपाईंहरूले पनि हातेमालो गरेर मेरो कार्यकाललाई सबैले सम्झन योग्य बनाउन अनुरोध गर्दछु ।”

उनले राजनीतिक संरक्षणको आडमा सञ्चालित अवैध क्रसर उद्योगलाई बन्द गर्ने बताउँदै मन्त्री यादवले उनीहरूलाई कानुनी दायराभित्र ल्याउने बताएका छन् । अवैध रूपमा नदीको उत्खनन् गरेर मधेुलाई मरुभूमिकरण गर्नेहरूलाई तह लगाउने मन्त्री यादवको दाबी छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार ३०, २०७९  २१:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro