राजनीति
काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' भोलि भारत जाँदैछन् । उनी तीन दिने भ्रमणका लागि भारत जानका लागेका हुन् । उनी भोलि दिउँसो १ बजे भारतका लागि प्रस्थान गर्ने तय भएको छ ।
डेढ महिनाअघि नेपालका लागि तत्कालीन भारतीय राजदूत विनय मोहन क्वात्राको गरेको निमन्त्रणामा उनी भारत जान लागेको प्रचण्डको सचिवालयले जनाएको छ ।
उनको सचिवालयका अनुसार प्रचण्डले जुलाईको दोस्रो सातासम्म भ्रमण सम्भव हुने बताएपछि भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष जगतप्रकाश नड्डाको भ्रमणको औपचारिक निम्तो दिएका थिए ।
प्रचण्ड साउन १ गते आइतबार स्वदेश फर्कने कार्यसूची रहेको छ ।
प्रकाशित मिति: बिहीबार, असार ३०, २०७९ २०:३२
प्रतिक्रिया दिनुहोस्