site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
संसदीय छानबिन समितिमा पुष्पा भुसालको ठाउँमा मानबहादुर विश्वकर्मालाई राखियो

काठमाडौं । तत्कालीन अर्थमन्त्री जनार्दन शर्मा प्रकरणमा सत्यतथ्य पत्ता लगाउन गठित संसदीय छानबिन विशेष समितिको सदस्य हेरफेर गरिएको छ । 

प्रतिनिधि सभाको बिहीबारको बैठकमा सभामुख अग्नीप्रसाद सापकोटाले समितिका सदस्य पुष्पा भुसालको ठाउँमा मानबहादुर विश्वकर्मालाई राख्न गरेको प्रस्तावमा सहमति जुटेको हो । समितिमा अब नेपाली कांग्रेसको तर्फबाट सांसद भुसालको ठाउँमा विश्वकर्मा रहनेछन् ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

"प्रतिनिधिसभा नियमावली २०७५ को नियम १७७ बमोजिम गठित संसदीय छानबिन विशेष समितिमा माननीय पुष्पा भुसाल गौतमको स्थानमा माननीय मानबहादुर विश्वकर्माको नाम रहने गरी हेरफेर गर्न सभाको सहमतिका लागि प्रस्ताव गर्दछु । प्रस्तावित हेरफेरलाई सहमति जनाइदिनहुन अनुरोध गर्दछु," उनले प्रस्ताव गरेका थिए ।

प्रस्तावमा सभाले सहमति जनाएको थियो ।

कांग्रेस सांसद भुसालले बिहीबार (आजै) प्रतिनिधिसभाको उपसभामुख पदका लागि उम्मेदवारी दिएकी छन् ।

आगामी आर्थिक वर्षको बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई संलग्न गराइएको भन्दै त्यसको छानबिन गर्न गत असार २२ गते संसदीय समिति गठन गरिएको थियो । समितिमा प्रमुख प्रतिपक्ष दल एमालेका ४ जनासहित ११ सदस्य रहेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार ३०, २०७९  १७:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro