site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पूर्वअर्थमन्त्री शर्माबाट विवरण नआउँदा छानबिन समितिको बैठक भोलिलाई सर्‍यो
KFC Island Ad
Dabur Nepal
NIC Asia

काठमाडौं । पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय विशेष समितिको आज बसेको बैठकले भोलि (शुक्रबार) अर्थ मन्त्रालयका सचिव र राजस्व सचिवसँग छलफल गर्ने निर्णय गरेको छ । बिहीबार सिंहदरबारमा बसेको बैठकले अर्थ मन्त्रालयका पूर्वअर्थमन्त्री शर्मासँगबाट विषय कागज र विवरण नआएकाले ठोस एजेन्डामा छलफल हुन नसकेकोे समितिका सचिव सुरेन्द्र अर्यालले बताए ।

उनले बुधबार अर्थ मन्त्रालयलाई पूर्वअर्थमन्त्री शर्मासँग विषय कागज तथा विवरण माग गरे पनि नआएको र बिहीबार कार्यालय समयभित्र आउने अपेक्षा गरेको बताए । सचिव शर्माले समितिले तोकिएको समयमा नै छानबिन प्रतिवेदन तयार गर्ने दृष्टिकोणसहित  कार्यतालिका पास गरेको बताउँदै अब सात दिनभित्रै अध्ययन प्रतिवेदन लेख्नेगरी काम गर्ने सहमति भएको बताए । 

तत्कालीन अर्थमन्त्री शर्माले २०७९-०८० को बजेट बनाउने क्रममा अनधिकृत व्यक्तिलाई राति मन्त्रालयमा बोलाएर करका दर हेरफेर गरेको आरोप लागेसँगै ११ सदस्यीय संसदीय विशेष छानबिन समिति बनेको हो । छानबिन समिति बनेसँगै शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएका थिए । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार ३०, २०७९  १६:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro