site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मन्त्रीबाट फिर्ता बोलाएसँगै रेणु यादवद्वारा जसपाको पदीय जिम्मेवारी परित्याग

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्रीबाट फिर्ता बोलाएसँगै जनता समाजवादी पार्टी (जसपा)की नेतृ रेणु यादवले आफू पार्टीको पदीय जिम्मेवारीबाट अलग रहने घोषणा गरेकी छन् । बिहीबार पार्टी अध्यक्ष उपेन्द्र यादवलाई पत्र लेखेर उनले व्यक्तिगत कारण देखाएर पार्टीका कुनै पनि पदीय जिम्मेवारीमा नरहने बताएकी छन् ।

“मैले राजनीतिक र व्यक्तिगत जीवनमा धेरै कुरा सिक्ने, बुझ्ने, जान्ने मौका र अवसर पाएँ । यद्यपि, वर्तमान अवस्थामा मेरो व्यक्तिगत कारणले गर्दा पदीय जिम्मेवारीमा रहेर काम गर्ने सक्ने अवस्था नरहेकाले मैले यस जनता समाजवादी पार्टी(जसपा) नेपालसँगको पदीय जिम्मेवारीबाट अलग हुने निर्णयमा पुगेको छु,” अध्यक्ष यादवलाई सम्बोधन गरी लेखेको पत्रमा भनिएको छ, "आजकै मितिदेखि लागु हुने गरी पार्टीले मलाई दिएको पार्टीको सम्पूर्ण पदीय जिम्मेवारीहरू त्याग गरेको बेहोरा यहाँलाई जानकारी गराउँदछु ।”

KFC Island Ad
Dabur Nepal
NIC Asia

यद्यपि, उनले साधारण सदस्यता त्याग गरेको नगरेको विषय खुलाएकी छैनन् । 

तर, केही दिनअघि पार्टीबाट मन्त्री बनेकाहरूलाई फिर्ता बोलाइएपछि जसपाभित्र विवाद चुलिएको थियो । उनी वीरगञ्जको केन्द्रीय समिति बैठकमा पनि सहभागी थिइनन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार ३०, २०७९  १६:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro