राजनीति
काठमाडौं । नेपाली कांग्रेसको जारी केन्द्रीय समितिको बैठकमा सभापति शेरबहादुर देउवामाथि प्रदेश २ मा कांग्रेस सिध्याउन लागेको आरोप लागेको छ ।
केन्द्रीय सदस्य मीनाक्षी झाले सभापतिले नै कांग्रेस सिध्याउन लागेको आरोप लगाइन् ।
“हाम्रो प्रतिष्पर्धा गर्ने पार्टीलाई टिकट दिएर कांग्रेस सिध्याउन खोजेको हो ?,” उनको प्रश्न थियो, “तराईमा कांग्रेस चाहिँदैन सभापतिज्यू ? किन महत्त्व बोकेको जनकपूरमा हामीलाई टिकट दिइएन । जसपालगायत क्षेत्री पार्टीहरुसँग भिड्नु छ कांग्रेस बनाउन हो कि सिध्याउन ? हामी लगातार बनाउन लागेका छौं पार्टीको मूल नेतृत्त्व सिध्याउन ।”
प्रकाशित मिति: बिहीबार, असार ३०, २०७९ १५:५०
प्रतिक्रिया दिनुहोस्