राजनीति
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले बागी उठेर निर्वाचित भएकाहरूलाई पार्टीमा फिर्ता बोलाउनुपर्ने बताएका छन् । जारी केन्द्रीय कार्यसमितिको बैठकमा उनले बर्दिवासका मेयर प्रल्हाद क्षेत्री र जनकपुर उपमहानगरपालिकाका मेयर मनोज कुमार शाहलाई सम्मानसहित पार्टीमा फिर्ता गर्नुपर्ने बताएका हुन् ।
“अतहर कमाललाई स्वतन्त्र जिते पनि फिर्ता बोलाइयो । केस बनायौँ । स्थानीय तहमा पार्टीबाट बागी उठेर जितेकाहरू बर्दिबासका प्रल्हाद क्षेत्री र जनकपुरका मेयरलाई पार्टीमा स–सम्मान फिर्ता बोलाउनुपर्छ,” उनले बैठकमा भनेका छन् । उनीहरू जितेर आएकाले सम्मान दिनुपर्ने उनको भनाइ छ ।
प्रकाशित मिति: बिहीबार, असार ३०, २०७९ १५:४७
प्रतिक्रिया दिनुहोस्