site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बालेनले भने– पत्रकारिताको मर्यादाभित्र बसेर आफ्नो काम गरौँ 

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सामाजिक सञ्जालमा उठेका विषयमा आफ्नो ध्यानाकर्षण भएको बताएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, “ई–स्पोर्टस्का लागि छुट्याइएको बजेट कुनै अमुक संस्था वा खेलका लागि होइन । आधुनिक विश्वमा ई–स्पोर्टस् खर्बौंको आर्थिक योगदान गर्ने बिधा हो । नेपालमा पनि यसको व्यवसायिक पाटो बढ्दैछ भने यही वर्ष हुने एसियाली खेलमा ई–स्पोर्टस् पनि समावेश हुन्छ ।” 

KFC Island Ad
Dabur Nepal
NIC Asia

यस्तो विषयलाई लिएर अतिरिञ्जत र अनैतिकरुपमा आफ्नो नाम जोडिएका समाचारको खण्डन गर्दै पत्रकारिताको मर्यादामा बस्न आग्रह गरेका छन् ।

यस्तो छ सामाजिक सञ्जालमा बालेनले राखेका धारणा

सञ्चारमाध्यम तथा सामाजिक सञ्जालहरुमा उठेको प्रसंगका बिषयमा ध्यानाकर्षण भएको छ । 
ई-स्पोर्टसका लागि छुट्याइएको बजेट कुनै अमुक संस्था वा खेलका लागि होइन । आधुनिक विश्वमा ई-स्पोर्टस खर्बौँको आर्थिक योगदान गर्ने बिधा हो । नेपालमा पनि यसको व्यवसायीक पाटो बढ्दैछ भने यहि बर्ष हुने एसियाली खेलमा ई-स्पोर्टस पनि समावेश हुनेछ र योग्य रहेमा नेपाली ई-स्पोर्टसका खेलाडीहरुले पनि सहभागी भएर राष्ट्रको गरिमा बढाउन सक्नेछन् । यसलाई व्यवस्थित र सिर्जनशील बनाउनका लागि महानगरले बजेट छुट्याएको हो ।
कानुनले तोकिए बमोजिमको प्रक्रिया अपनाएर पारदर्शी किसिमले बजेट कार्यान्वयन हुनेछ । फलानो संस्था वा फलानो खेलका लागि सुनिश्चित गर्ने जस्ता गैरकानुनी र अनैतिक कार्यमा महानगर सामेल हुने छैन । 
साथसाथै, यो बिषयलाई लिएर अतिरञ्जित र अनैतिकरुपमा मेरो नाम जोडिएका समाचारहरुको खण्डन गर्दै पत्रकारिताको मर्यादाभित्र बसेर आफ्नो कार्य गर्न, गराउन अनुरोध गर्दछु ।

 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार ३०, २०७९  १५:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro