अर्थ व्यवसाय
काठमाडौं । साताको तेस्रो कारोबार दिन बुधबार सेयर बजार परिसूचक नेप्से ५९. ५४ अंकले बढेको छ ।
पहिलो कारोबार दिन सोमबार भारी गिरावट आएको नेप्सेमा मंगलबार ११.६८ अंकले सामान्य सुधार आएको थियो ।
आज सेन्सेटिभ इन्डेक्स पनि १२.४२ अंकमा पुगेको छ ।
यस दिन नेप्से ५९.५४ अंकले बढेर एक हजार ९८६.८२ को विन्दुमा पुगेको छ । बुधबार दिनभर २२५ कम्पनीको ५७ लाख ८७ हजार १२६ कित्ता सेयर किनबेच भयो ।
आज दिनभर बजारमा दुई अर्ब चार करोड ४४ लाख ४३ हजार सात रुपैयाँबराबरको कारोबर भएको छ ।
प्रकाशित मिति: बुधबार, असार २९, २०७९ १५:४०
प्रतिक्रिया दिनुहोस्