site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
जलवायुमैत्री विकास प्रक्रियालाई अघि बढाउनुपर्छ : अर्थमन्त्री

काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले जलवायु परिवर्तनका कारण आर्थिक तथा सामाजिक समस्या सिर्जना हुन सक्ने भएकाले सजग हुनुपर्ने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा उनले नेपालमा जलवायु परिवर्तनको असर देखिन थालेको बताए ।

जलवायु परिवर्तन कुनै मुलुकविशेषको भन्दा पनि विश्वव्यापी साझा मुद्दा भएकाले सबै मिलेर समाधानको प्रयास खोज्नुपर्नेमा उनले जोड दिए ।

उनले आर्थिक, सामाजिक र पूर्वाधारका क्षेत्रमा जलवायु परिवर्तनले पार्न सक्ने असरबारे नेपालले सधैँ अन्तराष्ट्रिय मञ्चमा आफ्नो धारणा प्रस्तुत गर्दै आएको बताए ।

पूर्वाधारमा नयाँ प्रविधिको प्रयोग गरी जलवायुमैत्री विकास प्रक्रियालाई अघि बढाउनुपर्ने आजको आवश्यता रहेको उनले धारणा व्यक्त गरे । हिमालयन टेली भ्वाइस
 

प्रकाशित मिति: शनिबार, पुस २७, २०८१  १५:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
विरोध प्रदर्शन अराजक नहोस् ! 
विरोध प्रदर्शन अराजक नहोस् ! 
Hamro patroHamro patro