site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपाली बैंकमा विदेशी मुद्रामा खाता खोल्न सकिने

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशमा रहने नेपालीहरूलाई लक्षित गरी नेपाली बैंकमा विदेशी मुद्रामा खाता खोल्ने सुविधा ल्याएको छ । ग्लोबल आइएमई बैंक लिमिटेड, संयुक्त अधिराज्यको लन्डनस्थित बैंकको वैदेशिक प्रतिनिधि कार्यालय र सिर्जनशील लेस्टर नेपाल, युकेद्वारा संयुक्तरूपमा आयोजित ‘नेपाली बैंकमा विदेशी मुद्रामा खाता खोल्ने सुविधा तथा नेपालमा वैदेशिक लगानी’ आयोजना गरेको थियो ।

उक्त अन्तर्क्रिया कार्यक्रममा नेपाल राष्ट्र बैंकले विदेशमा रहने नेपालीहरूलाई लक्षित गरी नेपाली बैंकमा विदेशी मुद्रामा खाता खोल्ने सुविधा ल्याएको विषयमा जानकारी दिइएको थियो । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालीहरूलाई विदेशी मुद्रामा खाता खोल्ने सुविधा दिएको सम्बन्धमा जानकारी गराएका थिए ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

“यसमा नेपाली बैंकमा विदेशी मुद्रामा खाता खोलेर पैसा जम्मा गर्न सकिने, आवश्यक परेको समयमा नेपालबाट पैसा फिर्ता ल्याउन पनि सकिने सुविधा रहेको छ । भिसा कार्ड तथा मास्टर कार्डमार्फत यहाँहरूले विदेशमा खर्च गर्न पनि सक्ने र आवश्यकताअनुसार नेपालमा लगानी गर्न वा घरपरिवारका सदस्यहरूले उक्त बचतलाई नेपालमा नेपाली रुपैयाँमा निकाल्न मिल्ने सुविधा यसमा रहेको छ,” उनले भने ।

आईएमई समूहका अध्यक्ष ढकालले आईएमई समूहले नेपाल सरकारको प्राथमिकता र मुलुकको आवश्यकता अनुरूप आफ्ना व्यावसायिक गतिविधिहरू अगाडि बढाउँदै आएको बताए । आईएमई रेमिटले २२ वर्षमा नेपालमा औपचारिक माध्यमबाट रेमिट्यान्स भित्र्याउन ठूलो योगदान गरेको ढकालले बताए । अहिले आईएमई नाम आफैँमा रेमिटको पर्यायवाची बनेको उनले बताए । “अन्य बैंक तथा रेमिट कम्पनीहरूमा जाने ग्राहकहरूले पनि पैसा पठाउन पर्‍यो भने आईएमई गरिदिनुस् भन्ने गरेको पाइएको छ,” उनले भने ।

अहिले मुलुकमा विदेशी मुद्राको सञ्चिति घटेको र रेमिट्यान्सको आप्रवाह पनि घटेको अवस्थामा नेपाली बैंकमा विदेशी मुद्रामा खाता खोल्ने र नेपालमा थप वैदेशिक लगानी भित्र्याउनुपर्ने भन्दै ग्लोबल आईएमई फ्रन्टलाइनमा रहेर काम गर्न चाहेको बताए । उनले मुलुकको अर्थतन्त्रमा देखिएको संकट टार्न र आर्थिक संकटबाट मुक्त गर्न सबै नेपालीहरूले भूमिका खेल्नुपर्ने बताए ।

यस्तै, गैरआवासीय नेपाली संघसँग आफूहरूको सहकार्य सुरु भइसकेको बताउँदै उनले गैरआवासीय नेपालीहरूले स्थापना गरेको एनआरएन फन्डबाट लगानी जुटाई लमजुङ जिल्लामा २७ मेगावाटको जलविद्युत् आयोजना निर्माण सकिएर टेस्टिङको चरणमा रहेको बताए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार २९, २०७९  १४:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro