site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
प्रकाश स्नेहीको प्रश्न– कांग्रेसको भोट बैंक के हो ?
SkywellSkywell

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश स्नेहीले ‘कांग्रेसको भोट बैंक के हो ?’ भन्दै प्रश्न गरेका छन् ।

सानेपामा जारी केन्द्रीय कार्यसमितिको बैठकमा मंगलबार उनले हिन्दुधर्मको विषय लिएर निर्वाचनमा जाने कि नजानेमा पनि छलफल गर्नुपर्नेमा जोड दिए ।

KFC Island Ad
NIC Asia

“धर्म नमान्ने कम्युनिस्ट हुने, धर्म मान्ने राप्रापा हुने, कांग्रेको भोट बैंक के हो ?,” उनले भने, “हिन्दुधर्मको विषय लिएर निर्वाचनमा जाने कि नजाने ? छलफल गरौँ ।”

उनले धर्मनिरपेक्षताको विषय पुनरवालोकन गर्न जरुरी रहेको पनि बताए ।

समानुपातिक निर्वाचन प्रणाली खारेज गर्नुपर्ने उनले उल्लेख गरे । “देश अस्थिर भयो,” उनले भने, “गठबन्धनको टेको टेकेर सरकार बनाउनुपर्‍यो ।”

संघीयताका बारेमा बहस चलाउनुपर्ने उनको भनाइ छ । “संघीयता आएको यत्रो वर्ष भयो, संघीयताका बारेमा छलफल र बहस चलाउनुपर्छ,” उनले भने, “तीन करोड जनसंख्यालाई सात प्रदेश छ, प्रदेशका मन्त्रीलाई, नेतालाई यति थोरै अर्थ व्यवस्थाले कसरी धान्ने ?”

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार २८, २०७९  १५:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
किन नहोस् त देश बर्बाद !
किन नहोस् त देश बर्बाद !
SubisuSubisu
Hamro patroHamro patro