site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
दीपक भन्छन्– गम्भीर सिनेमा नबनाउनुस् त भन्दिनँ, तर चल्दैन
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । यही असार ३ गते रिलिज भएको चलचित्र ‘चिसो मान्छे’ले धेरै शो पाएन । चलचित्रले राम्रो समीक्षा पाए पनि कलेक्सन अपेक्षित गर्न सकेन । गएको शुक्रबार रिलिज भएको ‘दोख’को पनि अवस्था त्यस्तै रह्यो ।

कलाकार तथा निर्माता दीपकराज गिरी नेपालमा गम्भीर सिनेमाका दर्शक उल्लेख्य नरहेको बताउँछन् । सीमित संख्यामा रहेका दर्शकले मात्र गम्भीर सिनेमा हेर्ने गरेको उनको निष्कर्ष छ ।

सानो बजार भएकाले त्यसलाई अध्यनन गरेर धेरैको रोजाइमा पर्ने सिनेमा बनाउनु नेपाली मेकरको बाध्यता भएको उनको बुझाइ छ । यसलाई बुझ्ने मेकर नै सफल हुने उनको जिकिर छ ।

Prabhu Bank
Agni Group
NIC Asia

“भारत सिनेमाको ठूलो बजार हो । त्यसैले त्यहाँ जुनसुकै जानराको सिनेमा बनाएर दर्शक बाँडिँदा पनि चलचित्र सफल हुन्छ, लगानी उठ्छ,” दीपक स्पष्ट पार्छन्, “तर, नेपाल भारतजस्तो ठूलो बजार होइन । त्यसैले यहाँ गम्भीर सिनेमा हेर्ने दर्शकको संख्या कम छ ।”

नेपालमा गम्भीर सिनेमा हेर्ने दर्शकको संख्या बढाउन अझै केही समय लाग्ने उनको ठहर छ । गम्भीर सिनेमा हेर्न अहिले दर्शक तयार नरहेको र यसका लागि अझै लामो समय लाग्ने उनी बताउँछन् ।

Global Ime bank

“म नेपाली सिनेमा मेकरलाई गम्भीर सिनेमा नै नबनाउनुस् त भन्दिनँ, तर बजार सानो छ भन्ने यथार्थलाई भने नजरअन्दाज गरेर अगाडि बढ्न सकिन्न,” दीपक अगाडि थप्छन्, “तपाईं मेरो सिनेमामा मनोरञ्जन छैन भन्दिनुस्, अधिकांश दर्शक हलमा जाँदैनन् ।” मनोरञ्जनकै लागि दर्शक सिनेमा हेर्न हलसम्म जाने गरेको यर्थाथलाई कसैले पनि नकार्न नसक्ने उनी बताउँछन् ।

दर्शकको रुचिलाई आत्मसात् गर्नुपर्नेमा उनको जोड छ । “दर्शक हलमा गएर गम्भीर हुन चाहँदैन । गम्भीर हुने बाहना उसलाई जीवनमा धेरै छन् । तर, वास्तविक हाँस्न जहाँ पायो त्यहीँ पाइँदैन,” उनी भन्छन् ।

गम्भीर सिनेमा बनाएर उच्च व्यापारको अपेक्षा गर्न नसकिनेमा उनी प्रस्ट छन् । गम्भीर सिनेमा अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलका लागि मात्र बनाउनुपर्ने अवस्था रहेको दीपक बताउँछन् । “विधागत गम्भीर चलचित्र हेर्ने दर्शकले मात्रै नेपालमा चलचित्र हेर्दा पोस्टरकै पैसा उठ्न गाह्रो छ, जुन देखिरहेकै पनि छ,” उनी भन्छन् ।

यद्यपि, नेपालमा अब्सट्रयाक चलचित्रलाई मात्र मिडियाले सहयोग गरिरहेको दीपक बताउँछन् । समीक्षकले पनि गम्भीर चलचित्रलाई मात्र चलचित्र भन्ने गरेको उनको भनाइ छ । मिडिया र समीक्षकले जतिसुकै प्रमोट गरे पनि दर्शकको रोजाइमा गम्भीर सिनेमा नरहेको दीपकको दाबी छ ।

कला र व्यापार दुवैलाई सँगसँगै लैजान मिडियाले खबरदारी गर्नुपर्नेमा उनको जोड छ । “ओस्कार अवार्ड कोरियन फिल्मले जित्न थाले, जुन फिल्ममा कमर्सियल भ्यालु पनि हुन्छ,” दीपक भन्छन्, “उनीहरूले आर्टको नाममा बोर हुने सिनेमा नबनाउन भन्न थाले । आर्ट र कमर्सको फ्युजन भएका चलचित्रलाई प्रमोट गर्न थालिसके ।”

तर, नेपालमा भने सुस्त ढंगले भनिएको, फरक तरिकाले भनिएको चलचित्र भनेर मिडियाले आर्ट मुभीलाई सपोर्ट गरिरहेको उनले बताए । उनी अगाडि भन्छन्, “तर, कमर्सियल सिनेमालाई निरन्तर गाली गर्छौँ ।”

सञ्चारमाध्यमले अब कोरा कमर्सियलभन्दा आर्ट र कमर्ससँगसँगै जानुपर्छ भनेर औँल्याउनुपर्नेमा दीपकको जोड छ । चलचित्रलाई व्यापार मात्रभन्दा कलात्मक पनि बनाउनुपर्छ भन्न सकिने उनी बताउँछन् । दीपक भन्छन्, “चलचित्र कलाको व्यापार हो भनेर दुईवटै पक्षलाई एकाकार गरेर अगाडि बढ्नुपर्छ । जसले कलाका पारखीलाई पनि खुसी बनाओस् । व्यावसायिकता पनि मौलाओस् भन्ने सञ्चारमाध्यमको उद्देश्य हुनुपर्छ, जुन हाम्रोमा छैन ।”

एक थरीले कलात्मक र अर्को थरीले व्यापारिक चलचित्रको मात्र पक्षपोषण गर्नु पनि नेपाली चलचित्र उद्योगको समस्या भएको उनको बुझाइ छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार २८, २०७९  १२:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय