काठमाडौं । विश्वव्यापी रूपमा चर्चित तथा प्लेटिनम बिक्री गर्न सफल सांगीतिक कलाकार, जेसन डेरुलो र डेनिस बियर ब्रान्ड टुबोर्गबीचको नयाँ सम्झौता भएको छ ।
सम्झौताअनुसार संसारभरका नयाँ संगीत कलाकारहरूलाई डेरुलोसँग सांगीतिक सहकार्य गर्ने पाउने अवसर दिइएको छ ।
यस परियोजनाले टुबोर्ग ओपन अभियानको छैटौँ वर्ष मनाउँदै छ । नयाँ कलाकारहरूलाई लस एन्जलसमा हस्ताक्षर नगरिएका कलाकारहरूले स्टुडियोमा जेसनसँग प्रत्यक्ष रूपमा संगीत प्रदर्शन, उत्पादन, लेखन र उद्योगमा सफल हुन आवश्यक विषयहरूमा छलफल गरेका थिए । त्यसपछि प्रत्येक कलाकारले लस एन्जलसको सबैभन्दा प्रतिष्ठित सांगीतिक स्थलहरूमध्ये एक, द विल्टर्न थिएटरमा जेसन डेरुलोको सामु प्रस्तुति दिने मौका पाए ।
उक्त अभियानमा आफ्नो सहकार्य बारे बोल्दै डेरुलोले भने, “संगीत उद्योगमा सफल हुने मन्त्र भएको कुनै प्ले–बुक छैन, यदि तपाई सफल संगीतकार बन्न चाहनु हुन्छ भने, आफ्नै भरमा हुनुहुन्छ । तर यी अनुभवहरूबाट गुज्रिएको कोही तपाईंको साथमा हुनाले ठुलो फरक पार्न सक्छ । यो अभियानको बारेमा मलाई मनपर्ने कुरा यही हो । मलाई लाग्छ कि यदि मैले त्यस्तो प्रकारको मार्गदर्शन पाएको भए मैले धेरै कम ठक्कर खाने थिए । त्यसैले म प्रतिभाशाली कलाकारहरूको यात्राको हिस्सा बन्न पाउँदा कृतज्ञ छु ।”
टुबोर्ग ओपन प्रोजेक्टमा विभिन्न देशका उदीयमान कलाकारहरु सहभागी छन् ।
यी कलाकारहरले आउँदो महिनाहरुमा टुबोर्ग मार्फत सहयोग प्राप्त गरी जेसन सामु प्रदर्शन गरेका ट्रयाकहरुको उत्पादन र विकास गर्ने छन् ।
टुबोर्ग ओपनको आफ्नो अनुभव बारेमा कुरा गर्दै, भिईके (नेपाल) ले भनेः “संगीतको बारेमा मात्र होइन, मेरो संगीतको बारेमा कुरा गर्न जेसन डेरुलोसँग बस्न पाउनु अतुलनीय थियो । जेसनसँग सिकेका कुरा नेपाल आएपछि लागु गर्ने छु ।’’