site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सत्तारुढ दलकै सांसदको प्रश्न– गठबन्धन सरकार जनतालाई मलम लगाउन कि आत्महत्या गराउन बनेको ? 

काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रकी सांसद दिल कुमारीले सत्ता गठबन्धनको सरकामाथि नै गम्भीर प्रश्न उठाएकी छन् । उनले सरकार जनताको घाउमा मलम लगाउन कि जनतालाई आत्महत्या गराउन गठन भएको हो भन्दै प्रश्न उठाएकी हुन् ।

“गठबन्धन सरकार किन बनेको ?,” दिलकुमारीले आफ्नै सरकारलाई प्रश्न गरिन्, “जनतालाई न्याय दिन, उनीहरुको घाउमा मलम लाउन कि आत्महत्या गर्न बाध्य पार्न ?”
 
“नागरिकता विधेयक सदनमा कहिले पेश हुन्छ, कहिले जनताका छोराछोरीले नागरिकता पाउँछन् ?,” दिल कुमारीले भनिन्, “कस्तो दुर्भाग्य छ, आमाबुवा नेपाली छोराछोरी गैरनेपाली १” उनले सरकारका काम कारबाहीले सांसदहरु भोट माग्न नसक्ने अवस्था आउन लागेको बताइन् ।
 
“माननीयजीको कायर्काकाल सकिँदैछ । सरकारबाट अर्को चुनाव घोषणा हुँदै छ कुन मुखले नेताजीहरु भोट माग्न जानुहुन्छ ?,” उनले भनिन्, “श्रीलंकामा जनताले नेतालाई लखेटेको समाचार सुन्दैछु ।” 

उनले स्थानीय चुनावमा मधेसमा कृषि राज्यमन्त्रीलाई गाउँ पस्न रोकिएको पनि बताइन् । “भर्खरै स्थानीय चुनावमा भोट माग्न जाँदा महिलाहरुले गाउँ छिर्न दिएनन्,” दिलकुमारीले भनिन् । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बिहीबार, असार २३, २०७९  १४:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro