site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
लमजुङमा मापदण्ड नपुगेका ३७ उद्योग खारेज
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

लमजुङ । जिल्लामा मापदण्ड नपुगेका ३७  घरेलु उद्योगलाई घरेलु तथा साना उद्योग कार्यालय लमजुङले खारेज गरेको छ । दर्ता गरेर उद्योग सञ्चालन नगर्ने, लामो समयसम्म नवीकरण नगर्ने एवं उद्योग सञ्चालनका लागि विभिन्न मापदण्ड नपुगेको उद्योगहरू आर्थिक वर्ष २०७८-७९ को साउनदेखि असार २१ गतेसम्म सो संख्यामा घरेलु उद्योग खारेज गरेको कार्यालय प्रमुख मीरा थापाले बताउनुभयो । उहाँका अनुसार यस अवधिमा ६७९नयाँ उद्योग दर्ता भएको छ । 

त्यस्तै, उक्त अवधिमा २८२  घरेलु उद्योगको नवीकरण भएको छ । आर्थिक वर्ष २०७७-७८ मा ९७० नयाँ उद्योग दर्ता भएको छ । ३६९ उद्योग नवीकरण भएको थियो । त्यस्तै, यस कार्यालयले अघिल्लो आर्थिक वर्ष २०७६-७७ मा ११ उद्योग खारेज गरेको थियो । सो अवधिमा ६६९ नयाँ उद्योग दर्ता र २३७ वटा उद्योग नवीकरण भएको घरेलु कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०७५-७६ मा छ उद्योग खारेज भएको उक्त कार्यालयले जनाएको छ । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

उक्त आर्थिक वर्षमा ४६८ नयाँ उद्योग दर्ता भएका र २७० उद्योगको नवीकरण भएको थियो । सो कार्यालयका अनुसार आर्थिक वर्ष २०७४-७५ मा १० उद्योग खारेज गरिएको थियो । सो अवधिमा २७६ नयाँ उद्योग दर्ता र १६४ उद्योग नवीकरण भएको घरेलु कार्यालयको तथ्यांकमा छ । त्यस्तै, आर्थिक वर्ष २०७३-७४ मा आठ उद्योग खारेज भएका थिए । उक्त आर्थिक वर्षमा २०९ नयाँ उद्योग दर्ता भएका र १७३ उद्योगको नवीकरण भएको थियो । 

त्यस्तै, वाणिज्यतर्फ आर्थिक वर्ष २०७८-७९ को साउनदेखि असार २१ सम्म ७२ वटा वाणिज्य दर्ता खारेज भएको कार्यालय प्रमुख थापाले बताउनुभयो । उनले भनिन्, “यस अवधिमा ४०८ नयाँ वाणिज्य दर्ता भएका छन् भने २८८ वटा वाणिज्यको नवीकरण भएका छन् ।”  

Royal Enfield Island Ad

त्यस्तै, आर्थिक वर्ष २०७७-७८ मा ६१  वाणिज्य दर्ता घरेलु कार्यालयले खारेज गरेको छ । त्यस्तै, ६४०  नयाँ वाणिज्य दर्ता भएको र ५५८ वाणिज्यको नवीकरण भएको छ । आर्थिक वर्ष २०७६÷७७ मा २५  खारेज भएको थियो । सो अवधिमा ७६२  वाणिज्य दर्ता तथा ३२० को नवीकरण भएको थियो । 

कार्यालयका अनुसार आर्थिक वर्ष २०७६-७७ मा २५ वटा वाणिज्य दर्ता खारेज भएको थियो । त्यस्तै, ७६२ वटा नयाँ दर्ता र ३२० नवीकरण भएको थियो । आर्थिक वर्ष २०७५-७६ मा २३ वाणिज्य दर्ता खारेज भएको थियो । त्यस्तै, ४१४ दर्ता एवं ४५८ को नवीकरण भएको थियो भने २१० नयाँ दर्ता तथा २६४ नवीकरण भएको कार्यालयले जनाएको छ ।रासस

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार २२, २०७९  ११:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro