site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विभिन्न नौ पसललाई कारबाही
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad
KFC Island Ad
Dabur Nepal
NIC Asia
Royal Enfield Island Ad

पर्सा । वीरगञ्जस्थित वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयले बारा कलैयाका विभिन्न नौ पसललाई कारबाही गरेको जनाएको छ । उपभोक्तालाई ठगी गरेको आरोपमा अनुगमनको क्रममा खरिद बिल देखाउन नसक्ने ती पसललाई पाँचदेखि १० हजारसम्म जरिवाना गरी कारबाही गरिएको कार्यालयको सूचना अधिकारी दिलीप खंगले जानकारी दिए ।

कार्यालय प्रमुख एवं निरीक्षण अधिकृत नमोनाथप्रसाद यादवको नेतृत्वको जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, गुणस्तर तथा नापतौल कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, उद्योग वाणिज्य सङ्घ बाराको प्रतिनिधिसहितको टोलीले कलैया बजार अनुगमन गरेको थियो । 
 
अनुगमन टोलीलाई खरिद बिल नदेखाउने कलैयाका पोसाक इम्पोरियम र खुश्बु साडी सेन्टरलाई  २०–२० हजार रुपैयाँ, न्यु नवीन वस्त्रालयलाई रु १० हजार, जवाहरलाल हार्डवेयर, गौरीशंकर सप्लायर्स, चौधरी किराना पसललाई पाँच–पाँच हजार रुपैयाँ,  प्रियंका रेडिमेड जनरल स्टोरलाई  १० हजार रुपैयाँ, जयबाबा अमरनाथ किराना भण्डार  र श्रीक्यान बस्त्रालयलाई तीन हजार रुपैयाँ जरिवाना गरिएको कार्यालयका प्रमुख यादवले जानकारी दिए ।

अनुगमन टोलीले उक्त जरिवाना रकम सात दिनभित्र राष्ट्रिय वाणिज्य बैंकमा दखिला गरी भौचर कार्यालयमा पेस गर्न निर्देशन दिएको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार २१, २०७९  ११:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro