काठमाडौं । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का बहुमत सचिवालय सदस्यहरूबीच भेटवार्ता भएको छ ।
आइतबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाल, नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम र माओवादीका नेता नारायणकाजी श्रेष्ठकाबीच भेटवार्ता भएको हो । यी सबै नेता तत्कालीन नेकपाको सचिवालयमा थिए ।
भेटमा वर्तमान राष्ट्रिय राजनीति, राष्ट्रिय स्वाधीनताको स्थिति, स्थानीय निर्वाचन, वाम तथा समाजवादी आन्दोलन, नेपाली कांग्रेससँगको गठबन्धन आदि विषयमा छलफल भएको छ ।
छलफललाई निरन्तरता दिने समझदारी भएको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।