site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अर्थ मन्त्रालयले भन्यो– बजेट निर्माणबेलाको सीसीटीभी फुटेज मेटियो (पत्रसहित)
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । अर्थ मन्त्रालयले जेठ १४ गतेको सीसीटीभी फुटेज सुरक्षित नरहेको जनाएको छ ।

जेठ १४ गते राति बजेट निर्माणका क्रममा अनाधिकृत व्यक्तिलाई अर्थमन्त्रालयमा बोलाएर अर्थमन्त्री जनार्दन शर्माले करको दरमा हेरेफेर गरेको आरोप लागेको थियो । सो विषयलाई लिएर अर्थमन्त्री शर्माको राजीनामासमेत माग हुँदै आएको छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

अर्थमन्त्री शर्माले भने आरोपको खण्डन गर्दै आएका छन् । 

सूचनाको हकको उपयोग गर्दै सोहीबारे उपभोक्ता हित संरक्षण मञ्चले २४ भदौ २०७८ बेलुका ११ बजेदेखि २५ गते बिहान ६ बजेसम्म र १४ जेठ २०७९ बेलुका ६ बजेदेखि १५ गते बिहान ६ बजेसम्मको सीसीटीभी फुटेज माग गरेर निवेदन दिएको थियो ।

Royal Enfield Island Ad

जवाफमा आइतबार अर्थ मन्त्रालयले सीसीटीभी फुटेजको अभिलेख रहने क्षमता बढीमा १३ दिनसम्मको मात्र रहने भएकाले मागिएको फुटेज सुरक्षित नरहेको जवाफ लिएको छ ।

"सीसीटीभी फुटेजको क्षमता र जडान भएको क्यामराका आधारमा बढीमा १३ दिनसम्मको मात्र अभिलेखमा रहने र त्यसअघिको अभिलेख क्रमशः मेटिँदै जान्छ," पत्रमा भनिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार १९, २०७९  १८:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro