site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सय वर्षअघि काला जातिबाट जफत गरिएको रिसोर्ट उनीहरूका सन्ततिलाई फिर्ता 
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

लसएन्जलस । झण्डै एकसय वर्षअघि काला जातिका मालिकहरूबाट जफत गरिएको अमेरिकाको क्यालिफोर्नियाको लसएन्जलसस्थित समुद्री किनारमा रहेको एउटा रिसोर्ट उनीहरूका सन्ततिलाई फिर्ता दिइएको सरकारी अधिकारीहरूले बताएका छन् । 

दक्षिणी क्यालिफोर्नियामा जातीय विभेद भइरहेको बेला काला जातिका मानिसका लागि मात्रै बिच रिसोर्ट बनाउन सन् १९१२ मा ब्रुस बिच खरिद गरिएको थियो । म्यानह्याटन बिचमा रहेको यो रिसोर्ट सन् १९२४ मा स्थानीय परिषद्ले जबर्जस्ती जफत गरेको थियो । १९१२ मा विल्ला र चाल्र्स ब्रुसले सो भूमि १ हजार २ सय २५ डलरमा खरिद गरेका थिए । अहिले यस भूमिको मूल्य करिब २ करोड डलर पर्छ । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

विल्ला र चाल्र्स ब्रुस परिवारका प्रमुख प्रवक्ता डुआने एलोले यो रिसोर्ट आगामी एक दशकभित्र दक्षिणी क्यालिफोर्नियाका बाँकी भागबाट समेत अफ्रिकी अमेरिकीहरूको रमाइलो गर्ने थलोको रूपमा परिचित हुने बताएका छन् । 

तर, स्थानीय प्रहरीले त्यस स्थानमा पुग्नु भन्दा १० मिनेट अगाडि नै पार्किङ रोक्ने गरेकोे तथा अर्का एकजना स्थानीय जग्गाधनीले ‘बिना अनुमति प्रवेश निषेध’ बोर्ड लगाएकाले मानिस समुद्रसम्म पुग्न आधा माइल हिँड्न बाध्य भएको एलोले बताएका छन् । 

Royal Enfield Island Ad

यो रिसोर्ट सम्बन्धित हकवालाहरूलाई फिर्ता दिलाउन लामो र कठिन प्रक्रिया पु¥याउनु परेको र त्यसका लागि अथक अभियान चालिएको बताइएको छ । अब यस सहरले विल्ला र चाल्र्सको परिवारबाट वार्षिक ४ लाख १३ हजार डलरमा यो रिसोर्ट लिजमा लिने भएको छ ।  यो सम्पत्ति फिर्ताका लागि राज्य विधानसभाले कानुनसमेत पारित गर्नु परेको थियो ।

बीबीसीबाट ।  
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार १६, २०७९  ०४:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro