site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आगामी तीन दिन देशभर भारी वर्षा हुने, उच्च सावधानी अपनाउन आग्रह
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन देशभर भारी वर्षा हुने भन्दै उच्च सावधानी अपनाउन आग्रह गरेको छ । बुधबार गृह मन्त्रालयमा बसेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य बैठकमा विभागका महानिर्देशक कमलराम जोशीले आगामी तीन दिन तराईका सबै जिल्लामा र गण्डकी प्रदेशमासमेत भारी वर्षा हुने र खोलामा जलस्तर बढेर बाढीको समस्या निम्तिनसक्ने बताए ।

"तराईका लगभग सबै खोलामा बाढी आउने भनेर पूर्वानुमान गरेका थियौँ । सायद पूर्वदेखि पश्चिमसम्म अहिले भएको अवस्था छ । भोलिसम्मै तराईको लगभग सबै खोलाहरू र गण्डकी प्रदेशसम्म अझ भारी वर्षा हुने देखिएको अवस्था छ । खोलाको जलस्तर बढेर अझ डुबान र बाढीले समस्या दिने छ । मनसुन सुरु भएदेखि हामीले एनसेलबाट १३ लाख ९१ हजार र एनटीसीबाट ५ लाख ६२ हजार गरेर प्रभावित हुने क्षेत्रहरूमा २० लाख हामीले एसएमएस गरिसकेको अवस्था छ," उनले भने ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

उनकाअनुसार देशभर अबको तीन दिन भारी वर्षा हुने छ ।

"यो तीनदिन भारी वर्षा हुने छ देशभर । भारी वर्षाका कारण खोलानाला बढ्न गई कुन कुन खोला के हुन्छ भन्ने सम्बन्धित निकायलाई जानकारी गराइसकेको अवस्थामा हाम्रो एउटा अनुरोध चाहिँ के छ भने सबै निकायहरूलाई रेगुलर बुलेटिनबाहेक विशेष बुलेटिन निकालेको अवस्थामा चाहिँ सतर्क भइदिनुहोला," उनले भने ।

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार १५, २०७९  २०:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro