site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सरकारले इन्धनको कर कटौती गरेको नागरिकलाई राहत दिन हो, मूल्य नघटे कारबाही : मन्त्री बडू
SkywellSkywell

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले सरकारले नागरिकलाई राहत दिनका लागि पेट्रोलियम पदार्थको कर कटौती गरेको भन्दै अरू क्षेत्रले पनि मूल्य घटाउनुपर्ने बताएका छन् ।

मन्त्री बडूले बुधबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी इन्धनको कर कटौतीले सरकारी कोषमा समस्या आउने भए पनि नागरिकको समस्यालाई प्राथमिकता दिइएको बताए ।

KFC Island Ad
NIC Asia

“अचनाक विश्व बजारमा मूल्य बढ्दा पेट्रोलियम पदार्थको मूल्य नियन्त्रणमा राख्न सकिएन । निगम घाटामा नै चलेको छ । बढेको मूल्यानुसार बढाउँदा सबैलाई असर भयो । ढुवानी भाडा बढ्यो र खाद्यान्नको मूल्य बढ्दा नागरिकलाई मार प¥यो,” उनले भने, “यो कुरा सरकारले महसुस गर्‍यो । जनताप्रति उत्तरदायी भएको हुँदा कर घटाएर मूल्य घटायौँ । यसले तत्काल जनतालाई राहत भएको छ ।”

उनले सरकारको निर्णयका कारण राजस्व घट्ने र यसको असर पर्ने भए पनि सरकारले जनताको समस्यातिर ध्यान दिएको बताए । “१० गते इन्धनको कर घटाएपछि ११ गते सबै निकायलाई बोलाएर इन्धनको मूल्य घटेअनुसार अन्य वस्तुको पनि मूल्य घटाउन भनेका छौँ,” बडूले भने, “यातायात भाडा तत्काल घट्यो । खाद्य तथा कृषिवस्तु पनि मूल्य बढ्नु हुँदैन भनेर अनुगमन गर्ने र अस्वाभाविक बढेको छ भने नियमन र कारबाही हुनुपर्छ भनेर निर्णय भयो ।”

उनले अब निर्णय कार्यान्वयनको अवस्था अनुगमन गर्दै सरकारले हस्तक्षेप गर्ने बताए । “अब हस्तक्षेप सुरु गर्नुपर्छ भनेर कृषि, गृह, यातायातलगायत सम्बनिधत मन्त्रालयका र विभागका प्रमुखसहित छलफल भएको छ । उद्योग मन्त्रालयका अनुगमन विभागले गर्ने अनुगमन यथावत् छ,” उनले भने, “त्यसबाहेक अन्य विभागीय मन्त्रालय, सात प्रदेश, ७७ जिल्लाका सीडीओ अनुगमन अधिकारी छँदै छ, ७५३ वटै पालिकामा पनि १६ गतेभित्र अनुगमन अधिकारी तोक्न भनेर पत्राचार भएको छ ।”

उनले यी सबै निकायले एकसाथ अनुगमन गर्ने र त्यसरी भएको अनुगमनको सात/सात दिनमा जानकारी पनि गराउनुपर्ने व्यवस्था गरिएको जानकारी दिए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार १५, २०७९  १६:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
किन नहोस् त देश बर्बाद !
किन नहोस् त देश बर्बाद !
SubisuSubisu
Hamro patroHamro patro