देश
विराटनगर । अविरल वर्षासँगै झापाको कमल गाउँपालिका– ५ स्थित चाँजुखोलामा आएको बाढीले बस्ती कटान गर्न शुरु गरेको छ ।
कमल गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष लालबहादुर विष्टले दिएको जानकारीअनुसार गएरातिबाट नै चाँजुखोलामा बाढी उर्लिएको हो । वडाका सात घर विस्थापित हुने अवस्था आएको भन्दै उनले बस्ती कटानको उच्च जोखिममा परेको बताए । बाढीले स्थानीय घनश्याम धिमाल र धनमाया तामाङका सुँगुरका खोर बगाएको छ ।
गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले बाढी बस्तीमा पस्न शुरु गरेकोले प्राविधिक, पालिका पदाधिकारीसँग विपद् व्यवस्थापनको पूर्वतयारीका लागि छलफल गरेर तयारी अवस्थामा रहेको बताए ।
प्रकाशित मिति: मंगलबार, असार १४, २०७९ १२:०६
प्रतिक्रिया दिनुहोस्