site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कस्तो छ काठमाडौंमा हैजाको अवस्था ?
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । काठमाडौं उपत्यकामा सोमबारसम्म हैजा (कोलेरा) संक्रमितको संख्या १२ पुगेको छ । हैजाको मुख्य कारण इकोली जीवाणुयुक्त पानी भएको परीक्षणहरूले पुष्टि गरेका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले धारा, ट्युबवेल, इनार, बोतल, जार र ट्याङ्करको पानीमा हैजा संक्रमण गराउने जीवाणु भेटिएको जनाएको छ ।

महाशाखाका निर्देशक डा. चुमनलाल दासले सोमबार संसद्को शिक्षा तथा स्वास्थ्य समितिमा काठमाडौंका बागबजार, डिल्लीबजार, बूढानीलकण्ठ र सानेपामा पानीको नमुना परीक्षणमा हैजाका जीवाणु भेटिएको जानकारी गराए । बल्खु र कोटेश्वरको पनि नमुना लिएको तर रिपोर्ट आइनसकेको उनले बताए । शनिबार यी दुई क्षेत्रका दुईजनामा हैजा संक्रमण पुष्टि भइसकेको छ ।

“काठमाडौंमा वितरीत १५ प्रतिशत जारको पानी पनि प्रदूषित पाइएको छ,” निर्देशक दासले भने, “बूढानीलकण्ठ नगरपालिकाले गरेको नमुना परीक्षणका क्रममा ७२ प्रतिशत पानी प्रदूषित देखिएको छ ।”

KFC Island Ad
Dabur Nepal
NIC Asia

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले सन् २०२० मा गरेको जारको पानीको र्‍यान्डम परीक्षणमा ७६ प्रतिशत नमुनामा इकोली भेटिएको थियो । त्यस्तै, ९२ नमुनामा कोलिर्फम ब्याक्टेरिया भेटिएको थियो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको मापदण्डअनुसार पानीमा कोलिफर्मको मात्रा शून्य प्रतिशत हुनुपर्छ । नास्टले नै सन् २०२१ मा गरेको वाग्मती किनारका इनारको पानीको नमुनामा २१.५ प्रतिशतमा इकोली भेटिएको थियो । सोही पानीको ८५ प्रतिशत नमुनामा कोलिर्फम भेटिएको थियो । 

Royal Enfield Island Ad

फिल्टर गरेर वा रसायन हालेर पानी शुद्ध हुन्छ ? 
केहीदिन अघि काठमाडौंको बागबजारमा एकै परिवारका दुई दिदीबहिनीमा हैजा संक्रमण देखिएको थियो । उनीहरूले ट्युबवेल र धाराको पानी नउमाली खाने गरेको स्वास्थ्य कार्यालय काठमाडौंको परीक्षणले देखाएको थियो ।

नास्टका वरिष्ठ वैज्ञानिक भोजराज पन्त पानी शुद्धीकरणका लागि विभिन्न उपायहरू अपनाइए पनि सबैभन्दा भरपर्दो उपाय उमालेर पिउनु नै भएको बताउँछन् । "पछिल्लो समय घरमै पानी शुद्धीकरणका लागि विभिन्न प्रविधिहरू पनि आएका छन् । तर यूभी फिल्टर नभएको युरोगार्डले ब्याक्टेरिया छुट्याउन सक्दैन," पन्त भन्छन् ।

उनका अनुसार पानी शुद्धीकरणका लागि विभिन्न रसायनहरू पनि प्रयोग गर्न सकिन्छ । तर रसायनको मात्रा नमिलेमा त्यसले स्वास्थ्यमा हानी गर्दछ । "त्यसैले सबैभन्दा उत्तम उपाय उमालेर पिउनु नै हो," उनी भन्छन् ।

ठुलो भाँडोमा एकपटक उमाल्ने र छोपेर राखेर पटकपटक प्रयोग गर्न सकिने उनको सुझाव छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार १४, २०७९  ०४:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro