site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गायिका दिलमायाका ‘प्रेमी’ले बोलेको झुट नै बन्यो अनुसन्धानको ‘क्लु’
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । काठमाडौंको नेपालटारस्थित डेरामा मृत भेटिएकी लोकदोहोरी गायिका दिलमाया सुनारको मोबाइल फेला नपर्दा उनको हत्या भएको हुनसक्ने प्रहरी आशंका छ । पोष्टमार्टम रिपोर्ट आउन भने बाँकी छ ।

शनिबार बिहान पौने ११ बजे उनी कोठामै मृतावस्थामा फेलापरेकी थिइन् । उनको स्थायी घर सुर्खेत हो । शुक्रबार राति ‘काठमाडौंमा आफूलाई बाँच्न गाह्रो भएको’ भन्दै उनको फेसबुकमा ‘सुसाइड नोट’ आसयको स्टाटस पोस्ट गरिएको थियो । शुक्रबार राति १ बजेर २० मिनेटमा उनको फेसबुकमा स्टाटस लेखेको देखिन्छ ।

तर उनको मोबाइल फेला पर्न सकेको छैन । प्रहरीका अनुसार शनिबार बिहान ३ बजे आसपासको समयसम्म दिलमायाले प्रयोग गर्ने मोबाइल कोठामै देखिएको थियो । त्यसपछि मोबाइलको ‘लोकेसन’ देखिएको छैन ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

अनुसन्धानका क्रममा प्रहरीले सूर्य श्रेष्ठलाई पक्राउ गरेको छ । दिलमाया पक्राउ परेका सूर्यसँगै ‘लिभिङ टुगेदर’मा बस्दै आएको खुलेको छ । शुक्रबार राति पनि सूर्य दिलमायाको कोठामै रहेको खुलेको छ ।

सूर्यले अर्को विवाहसमेत गरेको खुलेको छ  । सूर्यसँगको सम्बन्धकै कारण दिलमाया तनावमा रहेको बताइएको छ ।

Royal Enfield Island Ad

अनुसन्धानका क्रममा यसअघि पनि दिलमायाले एकपटक आत्महत्याको प्रयास गरेको खुलेको छ । उनलाई अस्पताल लगेर बचाइएको थियो । त्यतिबेला पनि सूर्य पनि सँगै थिए ।

पतिसँग सम्बन्ध विच्छेदपछि  दिलमाया उनी केही महिनायता ‘लिभिङ टुगेदर’मा बस्दै आएको खुलेको छ । उनका एक छोरा सुर्खेतमा बस्दै आएका छन् ।

शंकाको घेरामा प्रेमी सूर्य

घटनाको अनुसन्धानमा महानगरीय अपराध महाशाखा र परिसर काठमाडौंको टोलीले गरिरहेको छ ।  महाशाखाका एसपी कृष्ण कोइरालाले बाँकी अनुसन्धान काठमाडौं प्रहरीले नै गरिरहेको बताए ।

उनले भने,“हत्या आत्महत्या खुलेको छैन । हिजोसम्म मोबाइल फेला परेको थिएन । बाँकी अनुसन्धान काठमाडौं प्रहरीले गरिरहेको छ । उतैबाट थप जानकारी पाइएला ।”

अनुसन्धानका क्रममा पक्राउ परेका सूर्य श्रेष्ठ मृतक दिलमायाका प्रेमी भएको खुलेको छ । उनी दिलमायासंग ‘लिभिङ टुगेदर’मा बस्दै आएका थिए । प्रहरीले सुरुवाती समयमा प्रहरीले दिलमायाले आत्महत्या गरेको हुनसक्ने आशंका गरेको थियो ।

तर घरधनीले शुक्रबार राति घरमा एक पुरुष आएको देखेको सूचना दिएपछि प्रहरी अनुसन्धान अगाडी बढेको थियो ।

अनुसन्धानका क्रममा सूर्य श्रेष्ठ नै दिलमायाको कोठामा आएको खुलेको थियो । अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरुका अनुसार सुरुमा सूर्यले दिलमायाको घटनाबारे अनविज्ञता प्रकट गरेका थिए । तर उनको मोबाइलको लोकेसन र  मोटरसाइकल कोठा अगाडि सीसी क्यामरामा देखिएपछि उनले शुक्रबार राति दिलमायासँगै रहेको स्वीकार गरेका थिए ।

उनले दिलमायाको कोठामै राति खसीको मासु र ‘लोकल रक्सी’सेवन गरेको बयान दिएको प्रहरीले जनाएको छ ।

दिलमायाले भने ‘स्प्राइट’ पिएको उनले बताएका छन् । प्रहरी अनुसन्धानका क्रममा सूर्य उनको कोठाबाट बिहान ४ बजे निस्किएको खुलेको छ ।

सूर्यले बयानका क्रममा बिहान ३–४ बजेतिर उनी ब्यूझिँएपछि झुन्डिरहेको देखेपछि डोरी खोलेको बताएका छन् । त्यसपछि आफु आत्तिएर सल लिएर निस्किएको बताएका छन् ।

बिहान ४ बजेतिर घरबाट निस्किएका उनले सल महाराजगञ्जमा कतारको भिसा सेन्टर छेऊमा भएको नालीमा फालेको पाइएको छ । उनकै बयानका आधारमा प्रहरीले सल बरामद गरेको छ ।

उनले दिलमायाको मोबाइलबारे आफुलाई जानकारी नभएको बताएका छन् । प्रहरी मोबाइल खोज्न सक्रिय छ । मोबाइल भेटिए अनुसन्धानमा थप सहयोग पुग्ने प्रहरी विश्वास छ ।

सूर्यले बोलेको झुट र मृतकको मोबाइल नभेटिनुले आत्महत्या नभई हत्या भएको हुनसक्ने प्रहरी आशंका रहेको छ । त्यसकै आधारमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार १३, २०७९  ११:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro