देश
![पेस्तोल र गोलीसहित काठमाडौंमा युवक–युवती समातिए](https://12khari.top/uploads/posts/pakraubp11613626811.jpg)
![Global Ime bank](https://baahrakhari.com/uploads/bigyaapan/30885600.gif)
काठमाडौं । काठमाडौं महानगरपालिका–२६, मित्रनगरस्थित क्याफेबाट एकथान कटुवा पेस्तोल र एकथान गोलीसहित दुईजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा नवलपरासीको बर्दघाट नगरपालिका–१४ का ३० वर्षीय राजु विक र बाँकेको खजुरा गाउँपालिका–१ की २१ वर्षीया अस्मिता विक रहेका छन् ।
गए राति प्रहरी प्रभाग गोंगबुबाट खटिएको टोलीले क्याफेमा खानतलासी गर्दा उनीहरूलाई उक्त पेस्तोल र गोलीसहित फेला पारी पक्राउ गरेको जनाइएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: शनिबार, असार ११, २०७९ १६:५१
प्रतिक्रिया दिनुहोस्