काठमाडौं । जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंले हैजाको नियन्त्रणका लागि ३ सदस्यीय छानबिन टोली गठन गरेको छ । स्वास्थ्य कार्यालय प्रमुख वसन्त अधिकारीको संयोजकत्वमा तीन सदस्यीय छानबिन टोली गठन गरिएको हो ।
टोलीमा प्रमुखसहित, ल्याब प्राविधिक तथा काठमाडौं महानगरपालिकाबाट खटिएका स्वास्थ्यकर्मीहरू रहेका छन् । टोलीले काठमाडौंमा देखिएको हैजाको कारणबारे अनुसन्धान, हैजा पुष्टि भएका ठाउँहरूको पानीको नमुना परीक्षण, तथा खोजपड्तालको माध्यमबाट अनुसन्धान गरिरहेको अधिकारीले बताए ।
काठमाडौंमा हालसम्म चार जनामा हैजा पुष्टि भएको छ । घरबाहिरका खानेकुरा र अशुद्ध पिउने पानीबाट काठमाडौंमा हैजा फैलिनसक्ने भन्दै स्वास्थ्य सतर्कता अपनाउन विज्ञहरूले सुझाव दिएका छन् ।