site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ब्राजिलको प्रविधि नेपाल भित्र्याउने विषयमा परिसंघ र दूतावासबीच छलफल
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । नेपाल उद्योग परिसंघ र नेपालका लागि ब्राजिलका राजदूत कार्लोस अल्बर्टो माइकलसेन डेन हार्टोग बीच छलफल भएको छ । कृषि, ब्राजिलले इन्धनको रूपमा प्रयोग गर्दै आएको इथानल प्रविधि, ब्राजिलमा निर्यात हुने नेपाली वस्तु, छात्रवृत्ति, एवं पर्यटन क्षेत्रका विषयमा परिसंघ र राजदूतबीच छलफल भएको हो ।

राजदूत हार्टोगसँगको छलफलमा संघका अध्यक्ष विष्णुकुमार अग्रवालले कृषि, सेवा, उत्पादनमुलक उद्योगको प्रवर्द्धनसहित समग्र देशको आर्थिक संमृद्धिका लागि काम गर्दै आएको बताए ।

परिसंघले स्वदेशी उत्पादन बढाउन जोड दिदै आएको र कृषि क्षेत्रमा ब्राजिलले प्रयोग गरिरहेको प्रविधि नेपालमा भित्र्याउन सहयोग गर्न राजदूतलाई आग्रह गरेका छन् ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

त्यसका लागि परिसंघ र राजदूतावासले सहकार्य गर्दै अगाडि बढ्ने सहमतिसमेत भएको छ ।

राजदूत हार्टोगले लामो समयदेखि ब्राजिलको व्यापार नीतिमा काम गर्दै आएको अनुभवका आधारमा व्यापारमार्फत विश्व बजारमा स्थापित हुन सकिने बताए ।

Royal Enfield Island Ad

ब्राजिल कफी, चिनी, भटमास, सोयाविन तेल उत्पादनमा विश्वको अग्रणी मुलुक हो । प्रविधिको प्रयोगका कारण कृषि क्षेत्रमा ब्राजिलले गरेको प्रगति, र त्यस्तो प्रविधि नेपालमा कसरी ल्याउन सकिन्छ भन्ने विषयमासमेत छलफल संघले जारी गरेको विज्ञप्क्तिमा भनिएको छ ।

राजदूत हार्टोगले नेपालले निर्यातमा जोड दिदै प्रविधिको प्रयोग बढाउनुपर्ने बताए ।

“ब्राजिल कृषि विज्ञानमा निकै अगाडि रहेछ । हाम्रो ज्ञान, र प्रविधि नेपालको कृषि क्षेत्रको विकास लागि हामी प्राविधिक सहकार्य गर्न तयार छौँ,” उनले भने । उनले ब्राजिलले विकाससिल मुलुकका लागि दिँदै आएको छात्रवृत्तिबाट नेपालले पनि लाभ लिन सक्ने बताए ।

छलफलमा नेपालबाट निर्यात हुने हस्तकला सामग्रीको प्रवर्द्धन, दुई देशबीच पर्यटन प्रवर्द्धनमा पनि सहकार्य गर्ने लगायतका विषयमा छलफल भएको संघले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार ८, २०७९  १३:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro