धनगढी । धनगढीमा राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियुले विरोध प्रर्दशन गरेको छ ।
सरकारले पेट्रोलियम पदार्थमा भारी मूल्यवृद्धि गरेको भन्दै विरोध प्रदर्शन गरेको हो । सरकारले गएराति १२ बजेदेखि लागू हुने गरी मूल्य बढाएको छ । मूल्यवृद्धि फिर्ता गर्न माग गर्दै धनगढीमा राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियुले सडकमा राँके जुलुससहित टायर जलाएर प्रदर्शन गरेका हुन् ।
प्रदर्शनकारीले सरकारले जनताको ढाड सेक्ने गरी मूल्युवृद्धि गरेको र फिर्ता नलिएसम्म सडकबाटै भएपनि जनताको पक्षमा आवाज उठाइरहने बताएका छन् । उक्त प्रदर्शन धनगढीको महालक्ष्मी विकास बैंकदेखि मुख्यमन्त्री कार्यलयसम्म राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियुले संयुक्त रूपमा राँके जुलुससहित नाराबाजी गरेका थिए ।