site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विवाहको उमेर २० वर्ष व्यावहारिक भएन, सरकार रिभ्यु गर्दै छ : कानुनमन्त्री
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । सरकारले विवाहको उमेर २० वर्षबाट १८ वर्षमा झार्न गृहकार्य सुरु गरेको छ । कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द शर्मा कोइरालाले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा यसको जानकारी गराएका हुन् । 

यसअघि, कांग्रेस सांसद पुष्पा भुसालले विवाह गरेका घटनामा समेत अपराध हुने गरेको भन्दै सरकार विवाहको उमेर १८ वर्षमा झार्न तयार छ कि छैन भन्दै प्रश्न राखेकी थिइन् । “१६ वर्षमा नागरिकता पाउँछ । १८ वर्षमा बालिग भनेर भोट हाल्न पाउँछ । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

विवाहका लागि २० वर्ष उमेर हुनुपर्ने व्यवस्था तर्कसंगत देखिँदैन,” कानुनमन्त्री कोइरालाले भने, “यसले व्यावहारिक बनाउनेभन्दा अपराध बढाइरहेको छ । यसको पुनरावलोकनका लागि कानुन मन्त्रालयले गृहकार्य सुरु गरिसकेको छ ।” उनले सामाजिक अवस्थाअनुरूप कानुन बनाउनका लागि काम गर्नुपर्ने बताएका थिए ।

नेपालमा विवाहको उमेर १८ वर्ष नै भए पनि महिलामा परिपक्वता नआउने र त्यसले मातृ शिशु मृत्युदर बढाउने बहसका कारण मुलुकी फैजदारी संहिता निर्माणका क्रममा विवाहको उमेर २० वर्ष पुर्‍याइएको थियो । 

Royal Enfield Island Ad

सामाजिक अभ्यासमा परिवर्तन नहुँदा १८ वर्षमै विवाह हुने क्रम रोकिएन तर, त्यही विवाह अपराधका रूपमा धेरै मानिसहरू कारबाहीको दायरामा पुगेका छन् । यसले सामाजिक सुधार भन्दा समस्या धेरै ल्याएको भन्दै पुनः परिवर्तन गर्ने विषयमा बहस जारी छ । पर्याप्त अध्ययन नगरी कानुन बनाउँदा कस्ता असर हुन सक्छन् भन्ने उदाहरण मुलुकी देवानी संहिता र फौजदारी संहिता निर्माणको लागु भएको चार वर्षमै हुन लागेको पुनरावलोकन भएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार १, २०७९  १३:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro