site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
कोका–कोलाको ग्लोबल क्याम्पेन ‘अपलिफ्ट’ कोक उठाउँ, आफुलाई जगाउँ नेपालमा सुरु

काठमाडौं । कोका–कोलाले आफ्नो ग्लोबल क्याम्पेन ‘अपलिफ्ट’ को दोस्रो संस्करण सुरु गरेको छ । यो वर्ष क्याम्पेनको ट्यागलाइन ‘कोक उठाउँ, आफुलाई जगाउँ’ रहेको जनाएको छ ।

जसले कोक पिउनुहोस् र आफुलाई रिफ्रेस गराउनुहोस् भन्ने सन्देश दिने जनाएको छ । यो क्याम्पेनको उद्देश्य उपभोक्ताहरूलाई दिउँसोको अल्छी लाग्दो समयलाई एक बोतल चिसो कोकको साथमा रमाइलो र रिफ्रेसिङ बनाउन सकिन्छ भन्ने सन्देश दिनु रहेको कम्पनीले जनाएको छ ।

कोका–कोला नेपालले मोडेल अदिति बुढाथोकीलाई फिचर गरिएको नयाँ टिभीसी सार्वजनिक गरेको छ  ।

कोका–कोला नेपालका कन्ट्री डाइरेक्टर आदर्श अवस्थी यो क्याम्पेनमार्फत उपभोक्ताहरूलाई जहाँ भए पनि र जस्तोसुकै समयमा पनि कोका–कोलाको साथले अपलिफ्ट गराउन सक्छ भन्ने सन्देश क्याम्पेनले दिन चाहेको बताए ।  

बोटलर्स नेपालका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले एक बोतल चिसो कोकले नै कति अपलिफ्ट गराउन सक्छ भन्ने सन्देश यो क्याम्पेनले दिन खोजेको बताए । “पक्कै पनि हामी सबै जनालाई दिउँसोको समय अल्छी लाग्दो लाग्छ । तर त्यो पट्यार लाग्दो समयमा एक बोतल चिसो कोकले नै हाम्रा उपभोक्ताहरूलाई स्फुर्ति प्रदान गर्नेछ भन्ने विश्वास लिएको छु,” उनले भने ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: सोमबार, जेठ ३०, २०७९  १८:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro