आइडह फल्स । अमेरिकाको आइडह राज्यको आइडह फल्स सहरले गल्तीवश मृत्युको अभियोग लगाइएको कारण २० वर्ष कारावास सजाय भुक्तान गर्ने एकजना पुरुषलाई क्षतिपूर्तिस्वरूप एक करोड १७ लाख अमेरिकी डलर दिने भएको छ ।
अहिले ४५ वर्ष उमेर पुगेका क्रिस्टोफर ट्यापलाई सन् १९९६ मा एकजना १८ वर्षिया युवतीको हत्याको अभियोगमा जेल चलान गरिएको थियो । सन् २०१९ मा मारिएकी युवतीकी आमा एन्जी डोड्जकी आमाले अनुसन्धानकर्ताहरूलाई डीएनए विश्लेषण र जेनेटिक जिनोलोजिमार्फत घटनाको पुन: छानविन गर्न अनुरोध गरेपछि अन्तत: सक्कली हत्यारा फेला परेको हो ।
नयाँ प्रमाणले सो हत्याकाण्डमा ब्रियान लेइग ड्रिप्स सिनियर नामक अर्कै पुरुष संलग्न रहेको देखायो । अन्तत: अपराध स्वीकार गरेका सिनियरलाई सन् २०२१ को फ्रेब्रुअरीमा हत्या र बलात्कार अभियोगमा दोषी ठहर गरिएको थियो ।
नगर परिषद्ले क्षतिपूर्ति रकम भुक्तानीका लागि अनुमोदन गर्नुअघि मेयर रेवेक्का क्यास्परले ट्यापसमक्ष क्षमायाचना गरेकी थिइन् ।
ट्यापको भनाइलाई उद्धृति गर्दै द एसोसिटेड प्रेसले जनाएको छ, “मैले गर्दै नगरेको अभियोगका लागि २० वर्षभन्दा लामो समय जेलमा बिताएको समयका लागि जति पनि डलरको परिमाणले न्याय दिन सक्तैन । जेहोस् यस क्षतिपूर्ति रकमले मलाई जीवन अघि बढाउन मद्दत गर्ने छ ।"
सन् १९९६ को १३ जुनमा आइडह फल्सस्थित डोड्जको घरमा प्रवेश गरेर ड्रिप्सले सुतिरहेकी उनको बलात्कार पछि झण्डै टाउको छिनिने गरी हत्या गरेका थिए ।
द न्युयोर्क टाइम्सबाट ।