काठमाडौं । इन्टरनेसनल डाटा कर्पोरेसनको विश्वव्यापी त्रैमासिक मोबाइल फोन ट्र्याकरका अनुसार रेड्मी नोट ११ नेपालको नम्बर १ स्मार्टफोन बन्न सफल भएको छ । २०२२ को पहिलो त्रैमासिक रिपोर्टअनुसार रेड्मी नोट ११ नेपालको नम्बर १ स्मार्टफोनमा रहेको जनाइएको छ ।
यसअघि विगत ७ त्रैमासदेखि शाओमी लगातार नेपाली बजारमा शीर्ष स्मार्टफोन कम्पनीको रूपमा आफ्नो स्थान कायम गर्दै आएको थियो ।
रेड्मी नोट ११ नेपालमा सबैभन्दा बढी सिप गरिएको स्मार्टफोन हुनुको साथै, रेड्मी १० प्राइम २०२२ र रेड्मी ९ए पनि शीर्ष स्थानमा रहन सफल भएको कम्पनीले जनाएको छ ।
रेड्मी नोट ११, शाओमी १२ सिरिज जस्ता उत्पादनहरूको लन्चको कारण ब्राण्डको बजारमा उल्लेखनीय वृद्धि देखिएको कम्पनीले जनाएको छ ।