वासिङटन । अमेरिकाको एरिजोनाको सिमाना नजिकको इम्पेरियल काउन्टीमा बुधवार एउटा सैनिक विमान दुर्घटना हुँदा चारजनाको ज्यान गएको छ । थर्ड मरिन एयरक्राफ्टका प्रवक्ता कर्पोरल साराह मार्सलले एमभी–२२ बी ओस्प्री विमान दुर्घटनामा परेको जानकारी दिएकी छन् ।
सामाजिक सञ्जालमा राखिएका प्रतिवेदनहरू र आपत्कालीन उद्धार सेवाका सदस्यहरूले घटनास्थलबाट सुुरुमा रेडियो कलमार्फत गराएको जानकारी विपरीत सो विमानमा कुनै पनि आणविक पदार्थ नरहेको उनले बताएकी छन् । ओस्प्री ग्लामिस डुनेस नजिकको कोचेल्ला क्यानल रोड हाइवे ७८ वरपर खसेको थियो ।
सैन्य अधिकारीहरूले कसैको मृत्युबारे कुनै पुष्टि गर्न नसके पनि परिचय नखुलाउने शर्तमा संघीय सुत्रले सो विमानमा पाँचजना सैनिक सवार रहेकोमा चारजनाको मृत्यु भएको जानकारी दिएको हो । हेलिकोप्टर जस्तै उड्न र अवतरण पनि गर्न सक्ने ओस्प्री अन्य सामान्य विमान जस्तै पनि उड्न सक्छ ।
लस एन्जेल्स टाइम्सबाट ।