site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
संसद्मा उठाइयो जातीय विभेदको प्रश्न
फाइल तस्बिर ।
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । संसद्मा जातीय विभेदको प्रश्न उठाइएको छ । दलित भएकै कारण गुरुकुलले भर्ना नलिँदा चार बालक पठाइबाट वञ्चित हुनुपरेको सांसदको भनाइ छ ।

आज प्रतिनिधिसभा बैठकमा नेकपा (एकीकृत समाजवादी)की सांसद पार्वतीकुमारी विशुंखेले गुरुकुलले नियोजित रूपमा दलितलाई भर्ना नलिएको बताएन् ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

“संघीय राजधानी मुटुमा रहेको ललितपुरको शंखमूलको २०६९ देखि सञ्चालित जगतकुल आदर्श संस्कृत गुरुकुलले दलित भएकै कारण चारजना बालकहरूलाई पढाइबाट वञ्चित गरेको छ,” उनले भनिन्, “आर्थिक रूपमा विपन्न परिवारका ती चारजना बालकहरू नौवर्षीय भुवनेश्वर सुनार, १० वर्षीय समीर सुनार, १० वर्षीय भीमबहादुर सुनार र १२ वर्षीय विराज सुनार जसले पढ्न पाएनन् ।”

बर्दियाबाट आएका उनीहरूलाई गुरुकुलले जात थाहा पाएपछि फर्काइदिएको सांसदको भनाइ छ । “बर्दियाबाट यही जेठ १० गते नरेन्द्र सुनारले विश्व हिन्दु महासंघका दक्षिण एसिया प्रमुख तथा समानता अभियानका अध्यक्ष चन्दकान्त पौडेलको सम्पर्क र समन्वयमा चारजना बच्चा लिएर काठमाडौं आए । २० गते बालकको व्रतबन्ध र मुन्डन गराए, २१ गते भर्ना गर्न गए, शनिबार भएकाले भर्ना भएन । २१ गते राति त्यहीँ बसे । राति उनलाई जात र थर सोधियो, उनले खुलस्त बताए,” सांसद विशुंखेले भनिन्, “जात थाहा पाएपछि भोलिपल्ट २२ गते गुरुकुलका प्राचार्य  तेजप्रसाद भट्टराईले हामीकहाँ सिट छैन भन्दै फर्काए ।”

Royal Enfield Island Ad

उनले कोटाभन्दा कम विद्यार्थी भर्ना हुँदै सिट संख्या देखाएर जातका आधारमा विभेद गरिएको बताइन् । “गुरुकुलको वेबसाइटमै राखिएको छ कि ५० जना सिट संख्या भएको, जबकि त्यहाँ ३३ जना मात्र विद्यार्थी भर्ना छन्,” उनले प्रश्न गरिन्, “सभामुख महोदय, यो नियोजित रूपमा गरिएको जातीय विभेद भएन ?” उनले जातीय विभेद अन्त्य गर्न र उनीहरूलाई पढ्ने व्यवस्था मिलाउन माग गरिन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ २६, २०७९  १३:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro