काठमाडौं । नेपाल प्रहरीका सात जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजीपी)को सरुवा तथा पदस्थापन गरिएको छ ।
मन्त्रिपरिषद्को सोमबारको निर्णयअनुसार उनीहरूकाे सरुवा एवं पदस्थापन गरिएको हो ।
एआईजी विश्वराज पोखरेललाई नेपाल प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभागबाट प्रदेश समन्वय विभागमा सरुवा गरिएको छ । यस्तै, एआईजी रबिन्द्र बहादुर धानुकलाई प्रहरी प्रधान कार्यालय प्रशासन विभागबाट काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी सरुवा गरिएको छ ।
यस्तै, उत्तमराज सुवेदीलाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंज, अरुण कुमार बि.सी.लाई प्रहरी प्रधान कार्यालय प्रशासन विभाग, दिवेश लोहनीलाई प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग, मुकुन्द राज आचार्यलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंज र पुजा सिंहलाई प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभाग नक्सालमा पदस्थापन गरिएको छ ।