राजनीति
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले स्वास्थ्य बिमा निजी क्षेत्रलाई नदिएको बताएका छन् । बजेटको सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफमा अर्थमन्त्री शर्माले स्वाथ्य क्षेत्र निजी क्षेत्रलाई दिइएको भनेर भ्रमित नहुन आग्रह गरे ।
“स्वास्थ्य बिमालाई चलाइएको छैन । जहाँ छ त्यहीबाट सञ्चालन हुने हो,” शर्माले भने, “निजी क्षेत्रलाई दिने विषयमा अध्ययन हुन लागेको हो । अध्ययन गरेर केही बिग्रँदैन ।”
प्रकाशित मिति: शुक्रबार, जेठ २०, २०७९ १५:२६
प्रतिक्रिया दिनुहोस्