site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
मूल्यवृद्धिको छानबिन र अध्ययन गर्न  संसदीय समिति गठनको माग
SkywellSkywell
Dabur Nepal
NIC Asia

काठमाडौं । काठमाडौं नेकपा एमालेका सांसद गणेश पहाडीले मूल्यवृद्धिको छानबिन गर्न माग गरेका छन् । एमाले प्रमुख सचेत विशाल भट्टराईले संसद्मा पेश गरेको जरुरी सार्वजनिक महत्वको प्रस्तावलाई समर्थन गर्दै सांसद पहाडीले शक्तिशाली संसदीय समिति गठन गरी छानबिन र अध्ययन गर्न माग गरेका हुन् । 

“बजार अनुगमन नगर्दा खाद्य र गैरखाद्य वस्तुको मूल्य ह्वात्तै बढेको छ । त्यो घटाउन जरुरी छ,” उनले भने, “पेट्रोलियम पदार्थका साथै खाद्य र गैरखाद्य वस्तुको  मूल्यवृद्धिको अध्ययन गर्न शक्तिशाली संसदीय समिति गठनको माग गर्छु ।”
 
उनले डिजेलको पाइपलाइन बनाउँदा चुहावट घटेको, ८० रुपैयाँ हुँदा र १८० रुपैयाँ मूल्य हुँदा पनि बिक्री कमिसन उही भन्दै त्यसलाई घटाएर मूल्य घटाउनुपर्ने बताए । त्यस्तै, पूर्वाधार कर घटाएर १०) रुपैयाँ मूल्य घटाए पनि  अहिले अत्यधिक कर रहेकोले त्यहाँ पनि मूल्य घटाउन उनले बताए ।  
  
“आयल निगमको प्रतिस्पर्धी संस्थाको रूपमा निजी क्षेत्र ल्याएर  केही कमिसन लिएको र केही कमिसन लिन बाँकी रहेको भन्ने चर्चा छ । संसदीय समिति बनाएर छानबिनको माग गर्दछु,” उनले भने, “अहिले मूल्य वृद्धि गर्नुछ भने रातारात पेट्रोल पम्म खालि गरी ट्याङकरबाट तेल झारिन्छ, र त्यसपछि मूल्य बढ्ने र कमिसनको खेल हुने हल्ला छ, यसको छानबिन हुनुपर्छ ।”  


 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ २०, २०७९  १२:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro