site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मधेसका सांसदहरूको माग– जति रुख काटिन्छ, त्यति रोप्छौँ तर निजगढ विमानस्थल बन्नैपर्छ
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

जनकपुरधाम । सर्वोच्च अदालतले निजगढमा विमानस्थल बनाउन रोक लगाउनेगरी गरेको फैसलालाई लिएर मधेस प्रदेशका सांसदहरूले आपत्ति जनाएका छन् । बिहीबार प्रदेश सभाको बैठकमा सांसदहरूले अदालतको फैसलाप्रति असन्तुष्टि जनाउँदै निजगढ विमानस्थल बन्नुपर्नेमा जोड दिएका हुन् । 

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का संसदीय दलका नेता जितेन्द्र सोनलले निजगढ विमानस्थल मधेसको आर्थिक, रोजगार, पर्यटन, गौरव र पहिचानसँग जोडिएको बताए । अदालतले मधेसको भावनाविपरीत निर्णय गरेको उनको ठहर छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

"चुरेमा बाटो बन्दा जंगल फडानी हुँदैन, चुरे उजाडिँदैन । विमानस्थल बनाउँदा चुरे मासिन्छ ? यो मधेससँग भएको विभेद हो । त्यसकारण प्रदेश सरकार यस्ता विभेदको विषयमा चुप लागेर हुँदैन," आक्रोशित हुँदै उनले भने ।

प्रदेश सरकारले यसबारे विकल्प खोज्नुपर्ने उनको भनाइ छ । प्रदेश प्रहरी ऐन कार्यान्वयनका लागि ल्याइएको संकल्प प्रस्तावजस्तै यसका लागि पनि कुनै प्रस्ताव ल्याउनुपर्ने उनले बताए । "संकल्प प्रस्ताव वा विशेष महत्वको प्रस्ताव वा कुनै पनि कुरा पारित गरेर हामीले निजगढ विमानस्थल बनाउनैपर्छ," उनले भने ।

Royal Enfield Island Ad

उद्योग पर्यटन तथा वनमन्त्री शत्रुधन महतोले पनि अदालतले गलत फैसला गरेको बताए । निजगढमा विमानस्थल बनाउन सरकार पनि अगाडि बढ्नुपर्ने उनले बताए ।

"विमानस्थल बन्दा रुख काटिन्छ । त्यसको हामी विकल्प खोजौँला, जति रुख काटिन्छ, त्यति रुख रोप्छौँ । तर, विमानस्थल नबन्ने प्रोपोगान्डा नहोस्," उनले भने ।

यस्तै, नेकपा (माओवादी केन्द्र)का सांसद दिलिपकुमार साहले पनि मधेससँग कुठराघात भएको बताए । निजगढ विमानस्थल निर्माणप्रति सर्वोच्चको निर्णयमा उनले पनि आपत्ति जनाए । निजगढ विमानस्थल जसरी पनि निर्णमा हुनुपर्ने उनको धारणा छ । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ १९, २०७९  १८:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro