विदेश
प्राग । प्रागनजिकैको एक हेरचाह गृहमा आगलागी हुँदा दुई जनाको मृत्यु हुनाका साथै ५० भन्दा बढी घाइते भएको आपतकालीन सेवाहरूले बिहीबार उल्लेख गरेका छन् ।
क्षेत्रीय आपतकालीन सेवाले ट्विटरमा उल्लेख गरेअनुसार अल्जाइमर रोगीहरूको हेरचाह गृहमा भएको उक्त घटनामा अग्निनियन्त्रकहरूले दुई व्यक्तिलाई मृत अवस्थामा फेला पारेका थिए भने अन्य ५० भन्दा बढी घाइते थिए ।
बुधबार आगलागी भएको उक्त क्षेत्रमा बिहीबार बिहानसम्म पनि दमकलहरू परिचालित थिए । आगो निभाउन र घरमा रहेका मान्छेलाई बाहिर निकाल्न करिब १०० अग्नि नियन्त्रक खटाइएको थियो ।
प्रकाशित मिति: बिहीबार, जेठ १९, २०७९ १८:०२
प्रतिक्रिया दिनुहोस्