काठमाडौं । रेमिटेन्स कम्पनी आइएमईले ‘हर्षको २२ वर्ष ‘एस २२’ मोबाइल नै पर्छ’ योजना सार्वजनिक गरेकोे छ । योजना अन्तर्गत देश तथा विदेशबाट आइएमईमार्फत पठाइएको रकम नेपालभरी छरिएका एजेन्ट/सव एजेन्ट आउटलेटमार्फत प्राप्त गर्दा, बैंक ट्रान्सफर गर्दा वा आइएमई पे वालेटमा प्राप्त गर्दा हरेक हप्ता ५ जना विजेता रहने गरी यो योजना सार्वजनिक गरिएको हो । योजना अवधिभर २० जना विजेताले स्मार्ट वाच र बम्परमा १ भाग्यशाली विजेताले सामसङ एस २२ मोबाइल प्राप्त गर्न सक्ने जनाएको छ ।
योजनामा सहभागी भएका सेवाग्राहीहरुमध्ये कूल २१ जना विजेता लाभान्वित हुने र यसका विजेताहरु सिस्टममा आधारित स्वचालित लक्की ड्र प्रणालीद्वारा निर्धारण गरिने जनाएको छ ।
उक्त योजना आइएमई ग्रुपको केन्द्रीय कार्यालयमा आयोजित एक विशेष कार्यक्रमबीच सार्वजनिक गरिएको जनाएको छ । आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले आइएमईको २२ वर्षसम्मको व्यवसायिक यात्राको यो विशेष अवसरलाई लक्षित गरी तयार पारिएको सेवाग्राहीमुखी व्यापार प्रवद्र्धनात्मक कार्यक्रमले सेवाग्राही र आइएमईबीचको सम्बन्धलाई अझ मजबुत बनाउन भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।
योजना यहिँ जेठ १५ जेठदेखि असार १५ गतेसम्म जम्मा ३० दिनका लागि कायम रहने जनाएको छ ।