site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
तारा एयरको जहाजमा सवार २२ जनामध्ये २१ को शव भेटियो
SkywellSkywell
Dabur Nepal
NIC Asia

काठमाडौं । तार एयरको जहाज दुर्घटनामा परी मृत्यु भएकामध्ये २१ जनाको शव फेला परेको छ । बाँकी एकजनाको खोजी कार्य जारी छ ।
 
१० जनाको शव हेलिकोप्टरमार्फत कोवाङ झारिएको छ । आइतबार तारा एयरको जहाज दुर्घटनामा परेको थियो । दुर्घटना हुँदा विमानमा सवार सबै यात्रुको मृत्यु भएको बताइएको छ ।

सुरक्षा टोलीले २१ शव संकलन गरेको प्रहरीले जनाएको छ । सुरुमा सबै शव कोवाङ झारिने र मौसमले साथ दिए आजै काठमाडौं ल्याउने तयारी छ । शव ल्याउनका लागि हेलिकोप्टर तयारी अवस्थामा राखिएको छ ।
 
शवलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टमका लागि लगिनेछ । 

कोवाङमा सबै शव संकलन गरेपछि काठमाडौं ल्याइनेछ । आइतबार बिहान पोखराबाट जोमसोमका लागि उडेको जहाज मुस्ताङको थुसाङ गाउँपालिका–२ सानसुरे भीरमा ठोक्किएर दुर्घटना भएको हो ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ १६, २०७९  १६:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro